Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शासकीय सुधारअन्तर्गत सबै सरकारी वेबसाइट बने थप पहुँचमैत्री

शासकीय सुधारअन्तर्गत सबै सरकारी वेबसाइट बने थप पहुँचमैत्री
विज्ञापन
Advertisement

काठमाडौं । सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउने उद्देश्यले सबै सरकारी वेबसाइटमा पहुँचमैत्री ‘एक्सेसिबिलिटी टुल’ राखिएको छ। यस सुविधामार्फत दृष्टिविहीन, न्यून दृष्टि भएका, रङ्ग पहिचानमा समस्या भएका, पढाइसम्बन्धी कठिनाइ भएका, ज्येष्ठ नागरिक तथा विशेष आवश्यकता भएका प्रयोगकर्ताले वेबसाइटको सामग्री सहज रूपमा प्रयोग गर्न सक्ने भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सूचना प्रविधि विभागका अनुसार सरकारी वेबसाइटको तल्लो मध्यभागमा रहेको ‘एक्सेसिबिलिटी टुल’ आइकनमार्फत प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार वेबसाइटको स्वरूप र सामग्री समायोजन गर्न सक्छन्। अक्षरको आकार परिवर्तन गर्ने, अक्षर र पृष्ठभूमिबीचको कन्ट्रास्ट बढाउने, विभिन्न रङ फिल्टर प्रयोग गर्ने, फन्ट चयन गर्ने तथा अक्षर र हरफबीचको दूरी मिलाउने सुविधा उपलब्ध गराइएको छ।

वेबसाइट प्रयोगलाई थप सहज बनाउन माउस कर्सरको आकार परिवर्तन गर्ने, तस्बिर लुकाएर पाठ्य सामग्री मात्र हेर्ने, चलायमान दृश्य तथा एनिमेसन रोक्ने लगायतका सुविधा पनि समावेश गरिएका छन्। विभागका सूचना अधिकारी प्रकाश दवाडीका अनुसार यी व्यवस्था विशेष आवश्यकता भएका प्रयोगकर्ताको पहुँच विस्तार गर्ने उद्देश्यले लागू गरिएको हो।

विभागका अनुसार वेबसाइटहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘वेब कन्टेन्ट एक्सेसिबिलिटी गाइडलाइन’ (WCAG) अनुरूप विकास गरिएका छन्। किबोर्डको प्रयोगबाट मात्रै वेबसाइट सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ भने ‘स्किप नेभिगेसन’ लिङ्कले किबोर्ड र स्क्रिन रिडर प्रयोगकर्तालाई सिधै मुख्य सामग्रीमा पुग्न सहयोग पुर्‍याउँछ।

महत्वपूर्ण तस्बिर, लोगो तथा सेवासम्बन्धी सामग्रीमा राखिएको ‘अल्ट टेक्स्ट’ले दृष्टिविहीन प्रयोगकर्तालाई सामग्री बुझ्न सहज बनाएको छ। साथै, फाराम भर्ने क्रममा देखिने त्रुटि सन्देश र सुझावहरू पनि सुन्न तथा बुझ्न सजिलो हुने गरी प्रणाली तयार पारिएको विभागले जनाएको छ।

सरकारले गत चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत सरकारी एप तथा पोर्टललाई अपाङ्गता भएका व्यक्ति र कम प्राविधिक ज्ञान भएका नागरिकका लागि पनि सहज बनाउने लक्ष्य राखेको थियो। सोही कार्ययोजनाअनुसार वेबसाइटमा पहुँचमैत्री सुविधा विस्तार गरिएको हो।

यसअघि गत वैशाखमा सूचना प्रविधि विभागले सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई अपाङ्गमैत्री बनाउने विषयमा विभिन्न मन्त्रालय तथा विभागका कर्मचारीलाई तालिमसमेत दिएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit