Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कडा सुरक्षा व्यवस्थाबीच मनोहरामा ७७७ घरटहरा भत्काउँदै प्रशासन

कडा सुरक्षा व्यवस्थाबीच मनोहरामा ७७७ घरटहरा भत्काउँदै प्रशासन
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले काठमाडौं र भक्तपुरको सिमानामा पर्ने मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा रहेका अनधिकृत संरचनाहरू हटाउने क्रमलाई आज पनि निरन्तरता दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी डोजर प्रयोग गरेर ती संरचना भत्काउन थालिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार हाल बस्ती खाली गराउने क्रममा उत्पन्न हुन सक्ने सम्भावित तनावलाई ध्यानमा राख्दै व्यापक सुरक्षाकर्मी तैनाथ गरिएको छ । नेपाल प्रहरी १,३०० जना र सशस्त्र प्रहरी ६०० जना गरी कुल १,९०० सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । प्रहरी उपरीक्षक खड्काले भने ‘यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ।’

प्रशासनको ९ बजेसम्मको ‘डेडलाइन’ 
प्रशासनले सुरुमा बस्तीका बासिन्दाहरूलाई आफ्ना सामान हटाउन र संरचना आफैं भत्काउन आज बिहान ९ बजेसम्मको समय दिएको थियो। उक्त समयसीमा सकिएपछि काठमाडौं महानगरपालिकाको डोजरसहितको टोलीले भौतिक संरचना भत्काउन सुरु गरिएको खड्काले बताए । अधिकांश घरटहराबाट बासिन्दाले सामान सारिसकेको प्रहरीले जनाएको छ। यसअघि सो क्षेत्रमा साँझ सातवटा पक्की घर भत्काउने क्रममा सुकुमवासी र सुरक्षाकर्मीबीच झडप भएको थियो। बस्तीका केही व्यक्तिहरूको अवरोध र आक्रमणका कारण २२ जना सुरक्षाकर्मी घाइते भएका थिए।

आजै ७७७ घरटहरा हटाउँदै प्रशासन

मनोहरा खोला किनारमा रहेको यस बस्तीमा जम्मा ७७७ वटा घरटहरा रहेका छन्। खोला मिचेर र सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका यी संरचनाहरू प्रशासनले जतिसक्दो चाँडो हटाउने जनाएको छ । त्यसपछि खोलाको बहाव क्षेत्र र किनारलाई व्यवस्थित बनाइने जनाइएको छ । हाल सो क्षेत्रमा सुरक्षाकर्मीको कडा घेराबीच प्रशासनले संरचना भत्काउन डोजर परिचालन कार्यलाई जारी राखेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit