Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा सम्झौता, कर्मचारीले विनाधितो १५ लाख ऋण पाउने

नेपाल बैंक र राष्ट्रिय बीमा कम्पनीबीच कर्जा सम्झौता, कर्मचारीले विनाधितो १५ लाख ऋण पाउने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडबीच कर्मचारीलाई कर्जा सेवा उपलब्ध गराउने गरी सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता बमोजिम राष्ट्रिय बीमा कम्पनीमा कार्यरत स्थायी कर्मचारीहरूले अब नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत १५ लाख रुपैयाँसम्म विनाधितो सेवाग्राही कर्जा पाउनेछन् ।

सम्झौता पत्रमा नेपाल बैंकको तर्फबाट रिटेल कर्जा प्रमुख, अर्जुन बहादुर कंडेल र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट मुख्य व्यवस्थापक, डा सृजना पन्तले बुधबार हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताबाट कर्मचारीहरूको वित्तीय आवश्यकता एकै थलोबाट छिटो–छरितो रूपमा पुरा गर्ने र दुई सरकारी संस्थाहरूबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit