Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

जेनजी आन्दोलनका घाइतेको संख्या थपियो

जेनजी आन्दोलनका घाइतेको संख्या थपियो
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका हरुको अन्तिम सूची बनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप २२ जनाको नाम समावेश गर्दै जेनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो पटक प्राप्त २५० जनामध्ये २२ जना मात्र घाइतेको नाम सूचीकृत गरेसँगै जेनजी आन्दोलनमा घाइतेको विवरण सार्वजनिक गरिएको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयको मापदण्डअनुसार जेनजी आन्दोलनका क्रममा घाइतेको सङ्ख्या दुई हजार ६६० पुगेको छ । ‘निर्वाचनपछि नयाँ सरकार बनपछि थप हामीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र अन्य ठाउँबाट २५० जनाको नाम आएको थियो,’ उनले भने, ‘तर मन्त्रालयको मापदण्डअनुसार २२ जना मात्र घाइतेको प्रमाणीकरण गरी सूचीकृत गरिएको हो ।’

केन्द्रका प्रमुख डा बुढाथोकीले ती २२ जनाको नाम गत भदौ २३ र २४ गतेको अस्पतालमा भएको ‘रेकर्ड’ र अस्पतालको प्रमुखले प्रमाणीकरण पठाएपछि मात्र मन्त्रालयले प्रमाणीकरण गरी सूचीकृत गरेको बताए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देशभरिका ९९ अस्पतालमा घाइतेको उपचार भएको थियो। नयाँ प्रमाणीकरण भएका २२ जनाको नाम गृहमन्त्रालयमा पठाइएको उनले बताए । जेनजी घाइतेहरूले अध्ययन गर्न कोटा, जागिर र उपचार पाउने गर्दछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit