Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

गोबर र गहुँतबाट धूप, चप्पल जस्ता सामग्री बनाएर आम्दानी

गोबर र गहुँतबाट धूप, चप्पल जस्ता सामग्री बनाएर आम्दानी
विज्ञापन
Advertisement

पर्वत । जलजला गाउँपालिकाले गण्डकी प्रदेशको धवलागिरि क्षेत्रमै पहिलोपटक स्थानीय जातका गाईको संरक्षण अभियान थालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

स्थानीय जातका गाई र हलगोरु पाल्ने कृषकलाई अनुदान दिने व्यवस्था मिलाएको जलजलाले वडा नं ७ धाइरिङको लालुङमा रहेको गण्डकी गोपाल गौशालालाई व्यवस्थित बनाउँदै गाईको गहुँत र गोबरलाई प्रशोधन गरी आम्दानी गर्न थालेको छ । गौशालाबाट उत्पादन भएको मल र गहुँत ‘प्याकेजिङ’का साथै विभिन्न धार्मिक कार्यमा प्रयोग गर्न मिल्ने सामान बनाउन थालिएको हो ।

गौशाला सञ्चालन गर्नका लागि सहयोगदाताबाट प्राप्त जिन्सीलगायत सहयोगलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । गौशालालाई गएको कात्तिकदेखि हालसम्म विभिन्न व्यक्तिले आफ्नो र परिवारको जन्मदिन, विवाहको वर्षगाँठ, पितृ उद्धार तथा विशेष दिनको अवसर पारेर स्वऐच्छिक रूपमा गाई पालनका लागि पराल, दानालगायतका सामान दान तथा सहयोग गरेका हुन् ।

गौशालामा पालिएका गाईको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने र गोबरलाई प्राङ्गारिक मलका रूपमा उपयोग गर्ने योजना कार्यान्वयन गर्न थालिएको हो । गाईको गोबर प्रशोधन गरेर पूजा र सजावटका सामग्री बनाउन थालिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए । गौशालाका कर्मचारी ओमबहादुर केसी र तुलसीराम आचार्यले भारतको काशीपुर पुगेर गाईको गोबरबाट सामग्री बनाउने तालिम लिएर आएका छन् ।

“गोबर प्रशोधन गरेर देवीदेवताका मूर्ति, धूप, ‘इकोप्रेसर म्याट, चप्पल, भित्ते घडीजस्ता सामान बनाउन थालेको छौँ”, कर्मचारी आचार्यले भने, “गौशालामा आउने भक्तजनलाई बिक्री गर्ने, रोजगारी सिर्जना र आम्दानीको स्रोतका लागि गोबरबाट पूजा र सजावटका सामग्री बनाउन थालेका हौँ।” गहुँत प्रशोधन गर्ने उपकरणसमेत ल्याइएको छ ।

गौशाला नजिकै रहेको धाइरिङ भूमे ठाकुरको थान, जलजला–हम्पाल क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पहल गरिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । “हिन्दू धर्मग्रन्थ रामायणमा उल्लेख गरिएको कालञ्जर पर्वत क्षेत्र जलजला गाउँपालिकाकै पहाड ह । यस क्षेत्रलाई कृषि र धार्मिक पर्यटनका रुपमा विकास गर्ने प्रयासमा हामी लागेका छौँ ।”

विक्रम संवत् २०७२ मा समुदायको अगुवाइमा स्थापना भएको गौशालामा हाल ५८ स्थानीय जातका गाई र बाच्छाबाच्छी छन् । करिब ११ वटा गाईबाट गौशाला सुरु गरिएको कर्मचारी ओमबहादुर केसीले बताए । “स्थानीय जातका गाई संरक्षण गरी धार्मिक र कृषि पर्यटनको विकास गर्ने उद्देश्यले गौशाला सञ्चालन गरिएको हो । गाई लोप हुन नदिनु नै गौशालाको उद्देश्य हो ।”

केसीका अनुसार स्थानीयले गौशालालाई गाईसहित प्रतिगाई बराबर एक लाख १० हजार रुपैयाँ नगद पनि सहयोग गरेका छन् । स्थानीय टेकप्रसाद आचार्यले गौशालाका लागि ४० रोपनी जग्गादान गरेका थिए । जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईका लागि चरन क्षेत्र बनाउन प्रस्ताव गरिएको छ । गाईको दाना, घाँस, पराल र तीनजना कर्मचारीको तलबका लागि वार्षिक २२ लाख रुपैयाँ खर्च हुने गरेको छ ।

गाईको महत्वका विषयमा समुदायस्तरमा सन्देश प्रवाह गराउन र गौशाला सञ्चालनका लागि आयस्रोत जुटाउन विसं २०७६ मङ्सिरमा मिलनचोकस्थित कालीगण्डकी किनारमा गौ महोत्सव आयोजना गरिएको थियो । महोत्सवमा तीन करोड २४ लाख सहयोग घोषणा गरिएको थियो । महोत्सवमा सङ्कलित रकमको ब्याज र दाताबाट सहयोग जुटाएर गौशाला सञ्चालन गरिएको हो ।

गौशालाको थप भौतिक पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा समेत गाउँपालिकाबाट एक करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरिएका छभने सङ्घीय सरकारले समेत एक करोड ४५ लाख बजेट दिएको अध्यक्ष आचार्यले जानकारी दिए । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit