Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

बाल मनोविज्ञानमा केन्द्रित चलचित्र ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा

बाल मनोविज्ञानमा केन्द्रित चलचित्र ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा
विज्ञापन
Advertisement

काठमाडौं।  प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल डिभाइसको लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘झिल्को द स्पार्क’ आजदेखि देशभर प्रदर्शनमा आएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलतालाई प्रमुख विषय बनाएर निर्माण गरिएको यो चलचित्रको बिहीबार काठमाडौंमा सम्पन्न प्रिमियरमा उपसभामुख इन्दिरा राना मगरले चलचित्रले उठाएको विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको बताएन । उनले ‘झिल्को’ हरेक अभिभावकले बालबालिका साथमा लिएर हेर्नुपर्ने धारणा राखिन् । “हरेक अभिभावकले आफ्ना बालबालिकासहित हेर्नुपर्ने चलचित्र हो। गाउँपालिका, नगरपालिका तथा अन्य सरकारहरूले यो चलचित्रलाई विशेष चलचित्रको रूपमा सबैलाई देखाउने अभियान चाल्नुपर्छ,” उपसभामुख राना मगरले भनिन्।

फिल्ममा सुनिल पोख्रेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, आयुषी ढकाल, जेभिन जेभिस र जान्वी बस्नेतको अभिनय देख्न सकिन्छ। विशेषगरी आयुषी ढकालले निर्वाह गरेको बाल पात्रको भूमिकालाई दर्शकले प्रिमियरमा रुचाएका छन् ।

‘मिडिया फर कल्चर प्रा।लि।’ को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्देशन यादवकुमार भट्टराईले गरेका हुन्। कथा तथा पटकथा उनले अरुण देव जोशी र देव ब्रतसँग सहकार्यमा तयार पारेका हुन्। वितरण कम्पनी डिसिएनले उपलब्ध गराएको तथ्याङ्क अनुसार, चलचित्र आजबाट देशभर ११६ शोमार्फत प्रदर्शनमा आएको छ।

निर्माण टिममा कार्यकारी निर्माता उमेश पौडेल तथा निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्। छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड मिक्सिङ श्याम कुँवर र उत्तम न्यौपानेले गरेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit