images images images
images images images
images
images
images

संविधान, सीमा र नागरिक सुरक्षाप्रति मेरो निष्ठा सधैं अटल रहने छ : महानिरीक्षक पौडेल

images

काठमाडौं। सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले नेपालको सीमा सुरक्षा, जनताको सुरक्षा र सुशासन कायम गर्ने सन्दर्भमा दृढ संकल्पका साथ कार्य गर्ने बताएका छन् । सोमबार नवनियुक्त महानिरीक्षक पौडेललाई गृह सचिव राजकुमार श्रेष्ठले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले नेपालको सीमा सुरक्षा, सुशासन कायम गर्ने, जनताको जीउधनको सुरक्षा र स्वतन्त्रताको संरक्षण तथा विपद् व्यवस्थापनमा इमान्दारिता र दृढ संकल्पका साथ जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

images
images

उनले संविधान, कानुन, राष्ट्रिय हित र जनअपेक्षालाई ध्यानमा राख्दै आफ्नो भूमिका प्रभावकारी रूपमा पूरा गर्ने बताए । पौडेलले भने, ‘नेपालको सीमा सुरक्षा, सुशासन कायम गर्ने, जनताको जीउधनको सुरक्षा र स्वतन्त्रताको संरक्षण, विपद् व्यवस्थापन गर्न संविधान वा कानुन र राष्ट्रियहितको मर्यादा र जनअपेक्षालाई ध्यानमा राखी इमानदारीता, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

यसैगरी, पौडेलले सशस्त्र प्रहरी बल नेपाललाई पारदर्शी र भ्रष्टाचारमुक्त संस्थाका रूपमा स्थापित गर्ने पनि प्रस्ट पारेका छन् । ‘नेपाल सरकार, गृहमन्त्रालय, सम्पूर्ण सुरक्षा निकाय, संचार जगत, नागरिक समाज तथा सशस्त्र प्रहरी बल परिवार विश्वास र सहकार्यका साथ सशस्त्र प्रहरी बल नेपाललाई पारदर्शी, भ्रष्टाचार मुक्त रुपमा स्थापित गर्न मेरो दृढ प्रतिवद्धता छ। राष्ट्र, संविधान, सीमा र नागरिक सुरक्षाप्रति मेरो निष्ठा सधैं अटल रहने छ’ पौडेलले भने ।

 

images
images

प्रतिक्रिया दिनुहोस्