Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बिदासँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक

बिदासँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
;f}/fxfdf ko{6s lrtjgsf] ;f}/fxf l:yt /fKtL lsgf/df /dfpFb} u/]sf ko{6s . tl:a/ M gf/fo0f 9'+ufgf, /Tggu/, lrtjg-/f;;_
विज्ञापन
Advertisement

चितवन । सातामा दुई दिन बिदा लागू भएसँगै चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पर्यटकको आगमन उल्लेखनीय रूपमा बढेको छ। व्यवसायीहरूका अनुसार विगतको तुलनामा विशेषगरी बिदाका दिनमा पर्यटकीय गतिविधि चलायमान बनेका छन्।

विज्ञापन
Advertisement
Advertisement

क्षेत्रीय होटल सङ्घका उपाध्यक्ष गुणराज थपलियाका अनुसार शुक्रबार, शनिबार र आइतबार स्वदेशी पर्यटकको आगमन उल्लेख्य रहेको छ भने बिदाका दिनमा विदेशी पर्यटकको हिस्सा ४० प्रतिशतभन्दा बढी छ। अन्य दिनमा भने विदेशी पर्यटकको अनुपात करिब ७० प्रतिशत पुग्ने गरेको उनले बताए। यस वर्ष औसतमा ५० प्रतिशत होटल कोठा भरिएका छन्, जुन गत वर्षको करिब ४० प्रतिशतको तुलनामा वृद्धि हो।

सौराहा आउने पर्यटकहरू चितवन राष्ट्रिय निकुञ्ज र आसपासका सामुदायिक वन क्षेत्रमा घुम्न, वन्यजन्तु अवलोकन गर्न, साथै गोष्ठी र विवाहजस्ता कार्यक्रमका लागि आउने गरेका छन्। भारतीय, चिनियाँ तथा अन्य मुलुकका पर्यटकहरूको उपस्थिति पनि देखिएको छ।

यद्यपि व्यवसायीहरूले सडक पूर्वाधार सुधार आवश्यक रहेको बताएका छन्। पोखराबाट सौराहा पुग्ने सडक राम्रो भए पनि काठमाडौँ र भैरहवाबाट आउने मार्ग विस्तारकै क्रममा रहेकाले अपेक्षित संख्यामा पर्यटक नआएको उनीहरूको भनाइ छ।

होटल व्यवसायी रमेश सिलवालका अनुसार बिदाका कारण देशका विभिन्न स्थानबाट पर्यटक सहज रूपमा सौराहा पुग्न थालेका छन्। उनले आफ्नै होटलमा थपिएको स्विमिङ पुलका कारण पनि पर्यटकको आकर्षण बढेको बताए।

यस्तै, युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष दीपेन्द्र खतिवडाले बिदाका दिनमा हात्ती सफारीका लागि पालो कुर्नुपर्ने अवस्था आउने गरेको जानकारी दिए। सहकारी अन्तर्गत रहेका २५ वटा हात्तीले बिहान र बेलुका पर्यटकलाई सेवा दिँदै आएका छन्।

रेष्टुरेन्ट व्यवसाय पनि बिदाका दिनमा भरिभराउ हुने गरेका छन्। खतिवडाका अनुसार अघिल्लो वर्षको तुलनामा अन्य समयमा पनि पर्यटकको संख्या वृद्धि भएको छ।

हाल सौराहामा १४८ होटल सञ्चालनमा छन्, जसमा करिब सात हजार २०० पर्यटक अट्ने क्षमता छ। ती होटलमा चार खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अनुमान गरिएको छ। यस क्षेत्रबाट प्रत्यक्ष रूपमा ६ हजार ४०० र अप्रत्यक्ष रूपमा १२ हजारभन्दा बढीले रोजगारी पाएका छन्। तर, बर्सात सुरु भएसँगै पर्यटकको आगमन घट्ने गरेको व्यवसायीहरूले बताएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit