Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

बुढानीलकण्ठमा यामाहाको ‘व्हिलिश ग्यालोर’ सञ्चालनमा

बुढानीलकण्ठमा यामाहाको ‘व्हिलिश ग्यालोर’ सञ्चालनमा
विज्ञापन
Advertisement

काठमाडौं । यामाहा नेपालले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौंको बुढानीलकण्ठस्थित इटालिटार, गणेश चोकमा नयाँ ३एस शोरूम सञ्चालनमा ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

व्हिलिश ग्यालोर प्रा. लि. द्वारा सञ्चालित यामाहाको यो १०३औँ शोरूमको उद्घाटन बागमती प्रदेशका यातायात मन्त्री जयराम थापाले गरेका हुन् । नयाँ शोरूममा बुढानीलकण्ठ आसपासका ग्राहकहरूले यामाहाका आधुनिक मोटरसाइकल र स्कुटरहरूको खरिद मात्र नभई अन्य प्राविधिक सेवाहरू पनि प्राप्त गर्नेछन्। कम्पनीका अनुसार नयाा शोरुमबाट यामाहाका पछिल्ला सबै मोडलहरूको प्रदर्शनी र बिक्री गरिनुका साथै दक्ष प्राविधिकहरूद्वारा अत्याधुनिक वर्कसपमार्फत मर्मत सम्भार र यामाहाका सक्कली पार्टपुर्जाहरूको उपलब्धता गराइने ३एस सेवा उपलब्ध हुनेछन् ।

उद्घाटन कार्यक्रममा एमएडब्लू राइड्सका सीईओ दीपक कुमार अग्रवालले भने, ‘बुढानीलकण्ठमा यो शोरूम सञ्चालन हुनाले यामाहाको गुणस्तरीय सेवालाई ग्राहकको नजिक पुर्‍याउने हाम्रो प्रतिबद्धतालाई थप बल पुगेको छ। प्रत्येक नयाँ आउटलेटले नेपालभर हाम्रो सशक्त सञ्जाल निर्माण गर्ने लक्ष्यलाई अगाडि बढाउँछ।’

यो नयाँ शोरूमको स्थापनासँगै बुढानीलकण्ठ र आसपासका यामाहा राइडरहरूले अब व्यावसायिक सेवा र सक्कली पार्ट्सका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको कम्पनीको भनाइ छ। एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले आफ्नो गुणस्तर र ग्राहक सन्तुष्टिका कारण देशभर विश्वसनीय ब्रान्डको रूपमा स्थान बनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit