images images images
images images images
images
images
images

प्रधानन्यायाधीश सिफारिसलाई लिएर सरकार र आफ्नै पार्टीकी उपसभामुखसँग रिसाए साम्पाङ

images

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई लिएर सरकार र आफ्नै पार्टीकी उपसभामुख रुवीकुमारी ठाकुरप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार प्रेस विज्ञप्तिमार्फत साम्पाङले सरकारले संसद्लाई छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु र वरिष्ठता मिचेर चौथो नम्बरका व्यक्तिलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नु ‘विधिको शासन’ विपरित रहेको ठहर गरेका हुन्। सरकारको यस कदमलाई गम्भीर गल्ती भन्दै राईले आपत्ती जनाएका छन् ।

images
images

‘राष्ट्र प्रमुखलाई दबाब दिई–दिई संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गराउनु गलत थियो । गलत कार्यलाई कदापी सही भन्न सकिन्न र भन्न हुँदैन’ साम्पाङले भनेका छन्, ‘वरियताले चौथोलाई प्रधानन्यायाधीश नियुक्त गर्नु अर्को ठूलो गल्ती गरेको छ यो सरकारले! यो कदमप्रति घोर आपत्ति व्यक्त गर्दछौं।’

विज्ञप्तिमा यो नियुक्ति केवल प्रक्रियागत त्रुटि मात्र नभई राजनीतिक स्वार्थबाट प्रेरित रहेको हर्कको भनाइ छ । उनले सहकारी ठगी प्रकरण र भदौ २३–२४ को जेन–जी आन्दोलन जस्ता संवेदनशील मुद्दाहरूमा आफ्नो पक्षमा निर्णय गराउन सरकारले यो कदम चालेको आशंका व्यक्त गरेका छन्। ‘नेपालीलाई थिति र सुशासनको आश्वासन दिएर आएको दलले यसरी विधि मिचेर गरिरहेको कार्य र दिएको नियुक्तिले पक्कै पनि राजनीतिक तथा कानूनी स्वार्थ राखेको हुन सक्छ’ उनले लेखेका छन् ।

आफ्नै उपसभामुखप्रति रुष्ट

अध्यक्ष साम्पाङले यो निर्णयमा हस्ताक्षर गर्ने श्रम संस्कृति पार्टीकै तर्फबाट उपसभामुख बनेकी संवैधानिक परिषद् सदस्य रुवीकुमारी ठाकुरको भूमिकालाई लिएर रुष्ट बनेका छन् । वरिष्ठता उल्लंघन गर्ने निर्णयमा ठाकुरले सरकारलाई दिएको साथप्रति हर्कले भनेका छन्, ‘हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरियताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण छ । यसरी विधिलाई मिचेर राजनीतिलाई अघि सार्ने चलनको सदासर्वदा श्रम संस्कृति पार्टी विरोध गर्दछ ।

अध्यक्ष साम्पाङले सुशासन र विधिको शासनको नारा दिएर सत्तामा पुगेको दल रास्पवाबाटै प्रणाली भत्काउन लागेको भन्दै आफ्नो पार्टीले यसको विरोध गर्ने चेतावनी दिएका छन्।

 

images
images

प्रतिक्रिया दिनुहोस्