Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

विधेयक– बजेट र विपद्का विषयमा छलफल गर्दै सकियो राष्ट्रिय सभाको अधिवेशन, १४५ दिनमा ५२ बैठक

विधेयक– बजेट र विपद्का विषयमा छलफल गर्दै सकियो राष्ट्रिय सभाको अधिवेशन, १४५ दिनमा ५२ बैठक
विज्ञापन
Advertisement
Rastraya sabga
Download

काठमाडौं । राष्ट्रिय सभाको २१औँ अधिवेशन १४५ दिनपछि शुक्रबार अन्त्य भएको छ। अधिवेशन अवधिमा ५२ वटा बैठक बसेका थिए भने सभाको कामकारबाहीमा ९८ घण्टा १० मिनेट समय व्यतीत भएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए।

विज्ञापन
Advertisement
Advertisement

अधिवेशनको अन्तिम बैठकमा अध्यक्ष दाहालले अधिवेशन अवधिमा भएका प्रमुख कामकारबाहीको विवरण प्रस्तुत गरेका हुन्। ४० वटा बैठकमा शून्य समय सञ्चालन हुँदा ४५ सांसदले पाँच घण्टा ५६ मिनेट तथा १७ वटा बैठकमा विशेष समयअन्तर्गत ४७ सांसदले २१ घण्टा १० मिनेट बोलेका थिए। चार बैठकमा प्रादेशिक सरोकार र नौ बैठकमा आकस्मिक समय सञ्चालन गरिएको थियो।

अधिवेशनमा सरकारले पेस गरेका विभिन्न अध्यादेश तथा विधेयकमाथि छलफल भएको थियो। सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश स्वीकृत भएका छन्। त्यस्तै, अभौतिक सांस्कृतिक सम्पदा संरक्षण, संक्रामक पशु रोग नियन्त्रण तथा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित गरी प्रतिनिधिसभामा पठाइएको छ।

अध्यादेश प्रतिस्थापनका लागि ल्याइएका प्रतिनिधिसभा सदस्य निर्वाचन, मतदाता नामावली, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी छ विधेयक पनि पारित भएका छन्। विनियोजन, आर्थिक तथा राष्ट्र ऋण उठाउने विधेयकसमेत दुवै सदनबाट पारित भई प्रमाणीकरण भएका छन्। अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल भएको थियो। विभिन्न मन्त्रालयसँग सम्बन्धित ३५ वटा मौखिक र तीन वटा लिखित प्रश्नोत्तरसमेत सञ्चालन गरिएको थियो।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि राहत, उद्धार, पुनःस्थापना तथा विपद् व्यवस्थापनका विषयमा विशेष प्रस्ताव पारित गरिएको थियो। साथै, भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमनका लागि नौ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit