Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

समयमै साँवा र ब्याज नतिर्दा थिचियो राष्ट्रिय ध्वजावाहक, ३६ अर्बको दायित्व बढेर ५५ अर्ब पुग्यो

समयमै साँवा र ब्याज नतिर्दा थिचियो राष्ट्रिय ध्वजावाहक, ३६ अर्बको दायित्व बढेर ५५ अर्ब पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) वित्तीय संकटमा फस्दै गएको छ। जहाज खरिदका लागि लिएको ऋणको किस्ता र ब्याज समयमै भुक्तानी गर्न नसक्दा निगमको कुल दायित्व बढेर ५५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनले अनुसार सरकारको जमानीमा निगमले दुई चरणमा गरी कुल ३६ अर्ब रुपैयाँ ऋण लिएको थियो । २०७० र ०७४ सालमा ए–३२० र ए–३३० जहाज खरिद गर्न कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ ऋण लिएको थियो । समयमै साँवा र ब्याज भुक्तानी गर्न नसक्दा ऋणको आकार झन्डै डेढ गुणाले बढेको छ। प्रतिवेदनका अनुसार हाल निगमले कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ६१ हजार र नागरिक लगानी कोषलाई २१ अर्ब, १२ करोड, १७ लाख रुपैयाँ गरी कुल ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाा तिर्नुपर्नेछ ।

सबै ऋण नेपाल सरकारको जमानीमा लिइएको हुनाले निगमले तिर्न नसकेको खण्डमा यसको प्रत्यक्ष भार राज्य कोषमा पर्ने देखिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit