Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

सामाजिक सुरक्षा भत्तामा राज्यको १ खर्ब १४ अर्ब खर्च

सामाजिक सुरक्षा भत्तामा राज्यको १ खर्ब १४ अर्ब खर्च
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि राज्य कोषबाट १ खर्ब १४ अर्ब रुपैयाँ निकासा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार देशभरका ३८ लाख ६ हजार ६३४ जना लाभग्राहीका लागि उक्त रकम विनियोजन गरिएको हो ।

नेपालमा सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक (वृद्धभत्ता), एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति र अन्य लक्षित समूहलाई मासिक भत्ता वितरण गरिँदै आएको छ ।

अनुसार सामाजिक सुरक्षामा हुने सरकारी खर्च हरेक वर्ष बढ्दो देखिएको छ। तीन आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० १ खर्ब ८ अर्ब ३७ करोड २ लाख, आव २०८०/८१ मा १ खर्ब १० अर्ब १९ करोड ७० लाख निकासा भएकोमा चालु आव (२०८१/८२) मा १ खर्ब १४ अर्ब रुपैयाँ बराबर खर्च भएको छ।

पञ्जिकरण विभागसँग हाल निष्क्रिय लाभग्राही (भत्ता बुझ्ने व्यक्तिको मृत्यु भएमा वा योग्यता गुमेमा)को खाता ट्र्याक गर्ने प्रभावकारी प्रणाली नहुँदा राज्य कोषको दुरुपयोग हुने जोखिम उच्च देखिएको प्रतिवेदनमा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit