Advertisement
Advertisement
Corporate Samachar
२२ असार २०८३, सोमबार
Advertisement

नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि नै काम गर्दै सिक्न पाइने

नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि नै काम गर्दै सिक्न पाइने
विज्ञापन
Advertisement

काठमाडौं। नेपालमा हरेक वर्ष करिब १० हजार आईटी जनशक्ति बजारमा भित्रिए पनि विश्वविद्यालयको पढाइ र उद्योगको आवश्यकताबीच ठूलो खाडल देखिने गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

डिग्री हातमा भएर पनि व्यावहारिक सीप र क्षमताको अभावमा युवाहरूले रोजगारी पाउन संघर्ष गर्नुपर्ने वा पुनः महँगो तालिम लिनुपर्ने बाध्यता छ। एकेडेमिया र इन्डस्ट्रीबीचको यही ‘स्किल ग्याप’ लाई सधैँका लागि अन्त्य गर्न हेतु नेपालका आईटी तथा सफ्टवेयर कम्पनीहरूको छाता संगठन नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज् (नास आईटी) ले ऐतिहासिक पहल सुरु गरेको छ।

नास–आईटीले उद्योगकै माग र आवश्यकता अनुसारको दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नयाँ ब्याचलर्स तहको आईटी पाठ्यक्रम डिजाइन गर्न तथा संयुक्त निर्माण र सञ्चालनका लागि नेपाल खुला विश्वविद्यालयसँग सहकार्य गरिएको जनाएको छ।

यो योजना स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन र स्वीसकन्ट्याक्टको वित्तीय तथा प्राविधिक सहयोगमा अघि बढाइएको हो। इन्डस्ट्रीकै नेतृत्वमा उच्च शिक्षाको पाठ्यक्रम विकास हुन लागेको यो सम्भवतः नेपालकै पहिलो प्रयास भएको नास–आईटीका अध्यक्ष गौरव पाण्डे बताउँछन्।‘विश्वविद्यालयबाट ग्राजुएट हुनेहरूसँग इन्डस्ट्रीले खोजेअनुसारको सीप हुँदैन। त्यसैले अब हामी बजारको माग र प्रविधिको बदलिँदो स्वरूप अनुसारको पाठ्यक्रम निर्माण गर्दैछौँ,’ अध्यक्ष पाण्डेले भने।

पाण्डेका अनुसार निकट भविष्यमा सञ्चालन हुन लागेको यस चार वर्षे आईटी कोर्षको सबैभन्दा ठूलो विशेषता ‘वर्क–इन्टिग्रेटेड लर्निङ’ हुनेछ। यसअन्तर्गत विद्यार्थीहरूले अध्ययन सुरु गरेकै दिनदेखि (पहिलो वर्षबाटै) आईटी इन्डस्ट्रीमा प्रत्यक्ष काम गर्दै सिक्ने अवसर पाउनेछन्। नतिजास्वरूप, डिग्री पूरा गर्दा विद्यार्थीको हातमा शैक्षिक प्रमाणपत्र मात्र हुने छैन, बरु इन्डस्ट्रीले खोजेको ४ वर्षकै वास्तविक कार्यअनुभव र व्यावहारिक सीप समेत हुनेछ।

नेपाल खुला विश्वविद्यालयको स्कुल अफ आईटी प्रमुख डा.भोज राज घिमिरेका अनुसार यस कोर्षमा समकालीन र उदीयमान प्रविधिहरूलाई प्राथमिकता दिइनेछ, जसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ, डेटा साइन्स र डेटा एनालिसिस,ब्लकचेन प्रविधि, क्लाउड कम्प्युटिङ तथा साइबर सुरक्षा लगायतका विषयहरु समावेश गरिनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit