काठमाडाैं ।सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीलाई एचआरएम नेपालद्वारा आयोजित अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ को लाइफ इन्स्योरेन्स विधामा ‘कर्पोरेट एक्सिलेन्स अवार्ड’बाट सम्मानित गरिएको छ। यस अवार्डका लागि मनोनित अन्य लाइफ इन्स्योरेन्स कम्पनीहरूको बीचमा सिटिजन लाइफले उत्कृष्ट प्रदर्शन गर्दै यो प्रतिष्ठित अवार्ड जित्न सफल भएको हो।
नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, सूचांक र सुशासन जस्ता महत्त्वपूर्ण पक्षहरूको अध्ययन पश्चात आयोजक संस्थाले सिटिजन लाइफलाई उत्कृष्ट कम्पनीको रूपमा चयन गरेको जानकारी दिएको छ।सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र नायब प्रमुख कार्यकारी अधिकृत दिपबहादुर बीसीले मंगलबार आयोजित एक भव्य समारोहमा अवार्ड प्राप्त गरेका छन्।
सिटिजन लाइफ नेपालमा बीमाको दिगो विकास र पहुँच वृद्धिका लागि जनस्तरमा पुगेर बीमा सेवा सञ्चालन गर्दै आएको कम्पनी हो। यसको स्थापनाको छोटो अवधिमा, कम्पनीले उत्कृष्ट र नतिजामुखी बीमा सेवा प्रवाह गर्दै बीमा उद्योगमा आफ्नो स्थान सुरक्षित गरेको छ।

















प्रतिक्रिया दिनुहोस्