Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ढाका बुनाइबाट मासिक ५० हजारसम्म आम्दानी गर्दै तमानखोलाका महिला

ढाका बुनाइबाट मासिक ५० हजारसम्म आम्दानी गर्दै तमानखोलाका महिला
विज्ञापन
Advertisement

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले ढाका उद्योगमार्फत महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने अभियानलाई प्रभावकारी रूपमा अघि बढाएको छ। सीप विकास, सामग्री उपलब्धता, भवन निर्माण तथा उत्पादनको बजारीकरणमा सहयोग गरेपछि यहाँका महिला ढाकाका कपडा उत्पादन गरेर मासिक ५० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

तमानखोला गाउँपालिका–३ स्थित तमान गाउँका महिलाले ढाकाका सल, टोपी, गलबन्दी र अस्कोट उत्पादन गर्दै आयआर्जन गरिरहेका छन्। महिला कल्याण आमा समूहमा आबद्ध १५ जना महिलाले नियमित रूपमा ढाका बुन्ने काम गर्दै आएका छन्। गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालका अनुसार महिलालाई व्यावसायिक र उद्यमी बनाउन सात वर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस अवधिमा सीपमूलक तालिम, तान तथा आवश्यक सामग्री उपलब्ध गराउने, समूहका लागि भवन निर्माण गर्ने र उत्पादित सामग्रीको बजारीकरणमा सहजीकरण गर्ने कार्य गरिएको छ।

उनका अनुसार सामग्री, भवन निर्माण, तालिम तथा अन्य गतिविधिका लागि गाउँपालिकाले हालसम्म करिब २५ लाख रुपैयाँ लगानी गरिसकेको छ। महिलाले उत्पादन गरेका सामग्री गाउँपालिकाले विभिन्न कार्यक्रम तथा सम्मान समारोहमा प्रयोग गर्दै बजार सुनिश्चित गर्न सहयोग गरिरहेको छ। ‘पालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रममा मायाको चिनोका रूपमा स्थानीय महिलाले उत्पादन गरेका सल, गलबन्दी, टोपी र अस्कोट प्रयोग गर्दै आएका छौँ,’ छन्त्यालले भनिन्।

महिला उद्यमी जमूना घर्तीका अनुसार सुरुका दिनमा उत्पादन बिक्री नहुँदा समस्या भए पनि पछिल्लो समय गाउँपालिकाले खरिद र बजारीकरणमा सहयोग गर्न थालेपछि महिलाहरू उत्साहित भएका छन्।

करिब सात वर्षअघि म्याग्दीबाट आएका प्रशिक्षकमार्फत ढाका बुनाइको सीप सिकेका महिलाहरू अहिले समूहमा आबद्ध भएर व्यावसायिक रूपमा उत्पादनमा संलग्न छन्। घर्तीले गाउँपालिकाको निरन्तर सहयोगले महिलाहरूलाई उद्यमी तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit