Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल उद्योग वाणिज्य संघकाठमाडौंकाे नेतृत्वमा रमानाथ श्रेष्ठ, यी हुन् सर्वसम्मत हुने नयाँ कार्यसमिति

नेपाल उद्योग वाणिज्य संघकाठमाडौंकाे नेतृत्वमा रमानाथ श्रेष्ठ, यी हुन् सर्वसम्मत हुने नयाँ कार्यसमिति
विज्ञापन
Advertisement

काठमाडाैं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले रमानाथ श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

संघको निबर्तमान अध्यक्षमा दिनेश श्रेष्ठ, उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ, उज्ज्वल जंग पराक्रम शाह र राजेन्द्र शेरचन निर्वाचित भएका छन् । महासचिवमा प्रेमहरि मैनाली, सचिवमा सागर शाक्य, कोषाध्यक्षमा प्रदीपमान प्रधान र सहकोषाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।

संघको कार्यसमिति सदस्यमा रामचन्द्र खेतान, केशवप्रसाद मैनाली, सत्यबहादुर श्रेष्ठ, दीपक भण्डारी क, दीपक भण्डारी ख, भुवन श्रेष्ठ, चन्द्रबहादुर थापा, गौतम भट्ट, पुष्पराज श्रेष्ठ, फुपू तेन्जिङ शेर्पा र नरेश कुमार अग्रवाल निर्वाचित भएका छन् । निर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत अरुण पौड्यालले सपथ ग्रहण गराएका छन् ।

यसैबीच, पहिलो कार्यसमिति बैठकबाट संघमा ५ जना सदस्य मनोनीत भएका छन् । राजेन्द्र संग्रौला, मिना गोपाली, गणपतिलाल श्रेष्ठ, कुशन प्रधान र लक्ष्मी खनाल मनोनीत भएसँगै कार्यसमितिले पूर्णता पाएको छ । मनोनीत सदस्यहरुलाई नवनिर्वाचित अध्यक्ष रमानाथ श्रेष्ठले सपथ ग्रहण गराएका छन् ।

बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit