Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपालमा बेरोजगारी दर १२.६ प्रतिशत

नेपालमा बेरोजगारी दर १२.६ प्रतिशत
विज्ञापन
Advertisement

काठमाडौं । स्वदेशमा पर्याप्त रोजगारीका अवसर अभाव हुँदै जाँदा वैदेशिक रोजगारीप्रति नेपालीहरूको निर्भरता लगातार बढ्दै गएको देखिएको छ । अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थिति पत्रमा यस्तो उल्लेख गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

रोजगारीका सीमित अवसरका कारण पछिल्लो एक दशकमा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। तथ्याङ्क अनुसार श्रम स्वीकृति लिने कामदारको वार्षिक औसत वृद्धि दर २८.६ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०८१-८२ मा मात्र वैदेशिक रोजगारीका लागि ५ लाख ६ हजार जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ३ लाख ३३ हजारले पुनः श्रम स्वीकृति लिएका छन्।

यसरी कुल ८ लाख ३९ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन्। त्यस्तै चालु आर्थिक वर्षको चैत १२ गतेसम्म २ लाख ८३ हजारले नयाँ र २ लाख ७४ हजारले पुनः श्रम स्वीकृति लिँदै कुल ५ लाख ५७ हजार नेपाली कामदार विदेशिएका छन्।

वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणले देशको बाह्य क्षेत्र सन्तुलन कायम गर्न, गरिबी न्यूनीकरणमा सहयोग पुर्‍याउन तथा आन्तरिक मागलाई टेवा दिन महत्वपूर्ण भूमिका खेलेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit