Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

२० अर्बको वेस्ट सेती ४०० केभी प्रसारण लाइन अघि बढ्यो, निजी क्षेत्र र सर्वसाधारणलाई ४९ प्रतिशत शेयर

२० अर्बको वेस्ट सेती ४०० केभी प्रसारण लाइन अघि बढ्यो, निजी क्षेत्र र सर्वसाधारणलाई ४९ प्रतिशत शेयर
विज्ञापन
Advertisement

काठमाडौं । पश्चिम नेपालमा निर्माण हुने ठूला जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत्लाई राष्ट्रिय ग्रिडमा जोड्न सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा वेस्ट सेती ४०० केभी प्रसारण लाइन आयोजनाको काम अघि बढाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उर्जा मन्त्रालयका अनुसार आयोजना कार्यान्वयनका लागि ‘वेस्ट सेती ट्रान्समिसन लिमिटेड’ नामक विशेष प्रयोजन कम्पनी (एसपीभी) जेठ १३ गते औपचारिक रूपमा दर्ता भइसकेको छ ।

करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ३० प्रतिशत इक्विटी (स्वेच्छिक लगानी) र ७० प्रतिशत ऋण लगानी रहनेछ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को सञ्चालक समितिले लगानी संरचना स्वीकृत गरेसँगै कम्पनी दर्ताको प्रक्रिया पूरा भएको हो ।

सोमबार आयोजित एक कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कम्पनीका संस्थापक साझेदारहरूलाई सम्बोधन गर्दै प्रसारण पूर्वाधारमा निजी क्षेत्रको सहभागिता हुनु ऊर्जा क्षेत्रका लागि नयाँ युगको सुरुवात भएको बताए । प्रसारण लाइनलाई ऊर्जा क्षेत्रको ‘लाइफ लाइन’ संज्ञा दिँदै मन्त्री श्रेष्ठले भने, ‘सहभागितामूलक विकास लोकतन्त्रको अभ्यास पनि हो । प्रसारण लाइनमा निजी क्षेत्रसँगको सहकार्य नेपालका लागि नयाँ अभ्यास भएकाले सरकारले यसलाई पूर्ण रूपमा प्रोत्साहन गर्नेछ । निजी क्षेत्रले जोखिम मोलेर अघि बढेको छ, यसलाई सफल बनाउन सरकार आफ्नो जिम्मेवारीबाट पछि हट्दैन ।’ उनले विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) सम्बन्धी समीक्षा भइरहेको र प्राप्त प्रतिवेदनका आधारमा छिट्टै आवश्यक निर्णय गरिने समेत जानकारी दिए ।

आरपीजीसीएलका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठले जग्गा प्राप्ति, ‘राइट अफ वे’ (पूर्वाधार निर्माणको अधिकार) तथा वन क्षेत्रको स्वीकृतिको काम सम्पन्न हुनासाथ निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाइने बताए । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले रणनीतिक रूपमा यो आयोजना अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे भने साझेदार कम्पनी समृद्धि इनर्जी लिमिटेडका अध्यक्ष शैलेन्द्र गुरागाईंले यसलाई ऊर्जा क्षेत्रको ‘गेम चेन्जर’ परियोजनाको रूपमा व्याख्या गरको छन् ।

कम्पनीको शेयर संरचनाअनुसार सरकारी पक्षको ५१ प्रतिशत स्वामित्व रहनेछ । यसअन्तर्गत आरपीजीसीएलको २६ प्रतिशत, चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको १२.५ प्रतिशत र चैनपुर सेती हाइड्रोपावर कम्पनी लिमिटेडको १२.५ प्रतिशत लगानी रहनेछ । निजी क्षेत्रतर्फ समृद्धि इनर्जी लिमिटेडको २५.१ प्रतिशत, ङादी ग्रुप पावर लिमिटेडको ७ प्रतिशत र स्युरी ङादी पावर लिमिटेडको ६.९ प्रतिशत शेयर रहनेछ ।

बाँकी १० प्रतिशत शेयर सर्वसाधारणका लागि छुट्याइएको छ। बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित चैनपुर सबस्टेसनदेखि डोटीको बनलेक हुँदै कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित दोधोधरा सबस्टेसनसम्म करिब १४५ किलोमिटर लम्बाइको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । बझाङको जयपृथ्वी नगरपालिका–१ स्थित चैनपुर सबस्टेसनदेखि डोटीको बनलेक हुँदै कैलालीको बर्दगोरिया गाउँपालिका–२ स्थित दोधोधरा सबस्टेसनसम्म करिब १४५ किलोमिटर लम्बाइको ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ ।

आयोजना अन्र्तगत चैनपुरमा १६० एमभीए र बनलेकमा ३१५ एमभीए क्षमताका सबस्टेसन बन्नेछन् भने आवश्यक नियामकीय स्वीकृतिपछि निर्माण कार्य सुरु हुनेछ। यस लाइनमार्फत ७५० मेगावाटको पश्चिम सेती, ४५० मेगावाटको सेती नदी–६, १७० मेगावाटको अपर सेती लगायत सेती नदी प्रणालीका आयोजनाहरूबाट उत्पादित विद्युत प्रवाह गरिनेछ ।

यो प्रसारण लाइनले करिब २ हजार ५०० मेगावाटसम्म विद्युत् निकासी गर्ने क्षमता राख्दछ । यसले राष्ट्रिय विद्युत् प्रणालीको विश्वसनीयता बढाउनुका साथै सीमापार विद्युत् व्यापार र नेपालको दीर्घकालीन ऊर्जा सुरक्षामा कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit