Advertisement
Advertisement
Corporate Samachar
१३ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अझै पनि ऊर्जाको स्रोतमा दाउराको प्रयोग, ५१ प्रतिशत सम्म प्रयाेग

अझै पनि ऊर्जाको स्रोतमा दाउराको प्रयोग, ५१ प्रतिशत सम्म प्रयाेग
विज्ञापन
Advertisement

काठमाडौं । पछिल्ला वर्षहरूमा विद्युत् विस्तार उल्लेख्यरूपमा वृद्धि भए पनि ऊर्जाको स्रोतमा अझै पनि दाउराको प्रयोग अत्यधिक भइरहेको पाइएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२-८३ अनुसार, गत वर्षको तुलनामा चालु आवको आठ महिनाको अवधिमा झिनो मात्रामा मात्रै दाउराको प्रयोग घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आव २०८१-८२ को फागुन मसान्तसम्ममा ऊर्जाको स्रोतका रुपमा ५१ दशमलव नौ प्रतिशत दाउरा प्रयोग भएको थियो । चालु आवको सोही अवधिसम्म ४८ दशमलव नौ प्रतिशत प्रयोग भएको छ । यस्तै, कृषि अवशेष चार दशमलव सात प्रतिशत, गुइँठा एक दशमलव तीन प्रतिशत, पेट्रोलियम पदार्थ २१ दशमलव आठ प्रतिशत, विद्युत् १२ दशमलव एक प्रतिशत र नवीकरणीय ऊर्जा दुई दशमलव एक प्रतिशत बराबर रहेको छ ।

गत फागुन मसान्तसम्म परम्परागत, व्यापारिक र नवीकरणीय स्रोतबाट गरी आठ हजार २४ टन बराबरको (टन अफ आयल इक्भ्यिालेन्ट) ऊर्जा खपत भएको छ । यस्तै, नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत्को पहुँच पुगेको जनसङ्ख्या आठ दशमलव छ प्रतिशत बराबर पुगेको छ ।

गत आवको फागुन मसान्तसम्म त्यस्तो ऊर्जाको पहुँच पुगेका जनसङ्ख्या मात्रै आठ दशमलव पाँच प्रतिशत बराबर थियो ।

आव २०८१- ८२ मा घरायसी बायोग्यासतर्फ चार हजार ३८६ प्लान्ट जडान भएकामा चालु आवको फागुन मसान्तसम्म चार हजार ६२७ प्लान्ट जडान भएको छ । आव २०८१-८२ मा सौर्य ऊर्जा प्रविधिभित्र ६२ दशमलव सात मेगावाट विद्युत् उत्पादन भई विद्युतीकरण भएकामा चालु आवको फागुन मसान्तसम्म ११८ किलोवाट बराबर विद्युत् उत्पादन भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit