Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

भ्रष्टाचार मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न आदेश

भ्रष्टाचार मुद्दामा पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न आदेश
विज्ञापन
Advertisement

काठमाडौं। विशेष अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको संयुक्त इजलासले सुनुवाइ गर्दै विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका महरालाई धरौटीमा छोड्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको ९ किलो सुन तस्करीमा सघाएर भ्रष्टाचार गरेको आरोपमा महरा, उनका छोरा राहुलसहित २९ जना विरुद्ध २६ चैत २०८२ मा मुद्दा दायर गरेको थियो।

२०७९ पुस १० मा फ्लाई दुबईमार्फत आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टा (७३० वटा भेप) भित्र सुन लुकाइएको थियो। तस्करहरूसँगको मिलेमतोमा भन्सारका कर्मचारीहरूले चेक नगरी सामान छुटाउन सघाएको र गोदाममा राख्नुपर्ने सामान प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखिएको अख्तियारको दाबी छ।

सुन तस्करीका मुख्य नाइके दाओजिन वाङसँग महराको अस्वाभाविक भेटघाट र फोन सम्पर्क देखिएपछि जाँचबुझ आयोगको रायका आधारमा महरा र भन्सार अधिकृतमाथि साढे ७ करोड बढीको भ्रष्टाचार मुद्दा चलाइएको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit