Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विश्वकै शक्तिशाली पासपोर्ट सिंगापुरको, नेपालको र्‍याङ्किङ सुध्रियो, तर पहुँच खुम्चियो

विश्वकै शक्तिशाली पासपोर्ट सिंगापुरको, नेपालको र्‍याङ्किङ सुध्रियो, तर पहुँच खुम्चियो
सांकेतिक तस्बिर :
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली पासपोर्ट र्‍यांकिङमा ४ स्थान सुधार भएको छ।

विज्ञापन
Advertisement
Advertisement

विश्वभरका पासपोर्टहरूको शक्ति मापन गर्ने ‘हेन्ली पासपोर्ट इन्डेक्स–२०२६’ को नयाँ प्रतिवेदन अनुसार १९२ देशमा भिसाविना पहुँचसहित सिंगापुरको राहदानी विश्वकै सबैभन्दा शक्तिशाली बनेको छ। दोस्रो स्थानमा संयुक्त रूपमा जापान, दक्षिण कोरिया र यूएई (१८७ स्कोर) रहेका छन्। तेस्रो स्थानमा १८६ अंकका साथ स्विडेन रहेको छ।

नेपाल गत वर्षको १०१औं स्थानबाट सुधार गर्दै ३५ भिसा–फ्री स्कोरका साथ उत्तर कोरियासँगै ९७औं स्थानमा उक्लिएको छ । गत वर्ष शीर्ष १० बाट बाहिरिएको अमेरिका पुनः १०औं स्थानमा फर्किएको छ भने अफगानिस्तान सबैभन्दा पुछारमा छ ।

सरसर्ती हेर्दा नेपालको स्थानमा सुधार देखिए पनि वास्तविक पहुँचमा भने अवनति भएको छ। गत वर्ष ३६ देशमा भिसा–फ्री पहुँच पाएको नेपालले यस वर्ष एक देश गुमाएर ३५ देशमा मात्र यो सुविधा पाएको छ। नेपालले विश्वकै सबैभन्दा बन्द र एक्लिएको देश उत्तर कोरियासँगै ९७औं स्थान साझा गरेको छ । दशकौंदेखि शान्तिपूर्ण देश रहेर पनि नेपालको राहदानीको अवस्था चरम गृहयुद्ध र अस्थिरता भोगेका सोमालिया, यमन र सिरिया जस्ता देशहरूकै हाराहारीमा रहेका छन्। यसले नेपालको अन्तर्राष्ट्रिय साखमाथि प्रश्न उठाएको छ।

यसैगरी, नेपालका दुई छिमेकी मध्ये चीनले ठूलो फड्को मार्दै ५६औं स्थान (८२ स्कोर) मा पुगेको छ भने भारत ७८औं स्थान (५७ स्कोर) मा छ। दक्षिण एसियामा माल्दिभ्स (५०औं) सबैभन्दा अगाडि छ भने पाकिस्तान १००औं स्थानमा छ। विश्वकै सबैभन्दा कमजोर राहदानीका रूपमा अफगानिस्तान २३ स्कोरका साथ सूचीको सबैभन्दा पुछारमा (१०३औं स्थानमा) रहेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit