Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा प्रगति सुस्त, पाँच वर्षपछि पनि काम अधुरो

राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरमा प्रगति सुस्त, पाँच वर्षपछि पनि काम अधुरो
विज्ञापन
Advertisement

ढोरपाटन (बागलुङ)। राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्डको कालोपत्र कार्य समयमै सम्पन्न नहुँदा यात्रुहरू समस्यामा परेका छन्। निर्माणमा ढिलाइ हुँदा सडक स्तरोन्नति अलपत्र जस्तै बनेको हो।

विज्ञापन
Advertisement
Advertisement

बागलुङ खण्डअन्तर्गत ३४ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्र भए पनि बाँकी १० किलोमिटर अझै निर्माण हुन सकेको छैन। निर्माण कम्पनीको सुस्त गतिका कारण दक्षिण बागलुङका स्थानीय तथा मुक्तिनाथ जाने पर्यटक प्रभावित भएका छन्।

उक्त सडक दुई वर्षभित्र सम्पन्न गर्ने गरी पाँच वर्षअघि निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो। पछि गत जेठमा समय थपिए पनि काम अपेक्षित रूपमा अघि बढ्न नसक्दा सर्वसाधारणमा असन्तोष बढेको छ।

कालीगण्डकी करिडोर आयोजना कार्यालय बागलुङका इन्जिनियर होमनाथ पौडेलले चालु आर्थिक वर्षभित्र काम सम्पन्न नगरे निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। उक्त खण्ड कालोपत्र गर्न करिब ४८ करोड १२ लाख रुपैयाँभन्दा बढी लागतमा सम्झौता गरिएको हो।

निर्माण व्यवसायी दिनबन्धु काफ्लेले भने बजेट अभावका कारण काम प्रभावित भएको स्वीकार गर्दै आवश्यक जनशक्ति र उपकरण परिचालन गरेर निर्धारित समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit