Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’ हालेर यातायात सञ्चालनको तयारी

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’ हालेर यातायात सञ्चालनको तयारी
विज्ञापन
Advertisement

इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ । सडकअन्तर्गत जोगमाई खोलामा ‘डाइभर्सन’मार्फत यातायात सञ्चालनको तयारी थालिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

विज्ञापन
Advertisement
Advertisement

जोगमाई खोलामा आइतबारदेखि नै सडक डिभिजन इलाममार्फत धमाधन डाइभर्सन निर्माण भइरहेको प्रजिअ नेपालले जानकारी दिइन् । माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा १० वटा ह्युम पाइपमार्फत डाइभर्सन निर्माण भइरहेको छ। डाइभर्सन र पहुँच मार्ग निर्माण आज साँझसम्ममा सम्पन्न गर्ने योजना रहेको सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख पवन भट्टराईले बताए ।

यही असोज १८ गतेको भारी वर्षापछिको बाढीले यहाँ गत असारमा निर्माण गरिएको बेलिब्रिज बगाएपछि यो सडकमा यातायात अवरुद्ध छ । यस सडकखण्डले इलाम सदरमुकामको तिल्केनीदेखि मेची राजमार्गको गोदक जोड्छ । यहाँबाट आजैदेखि साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ नेपालले बताइन् । तत्कालका लागि आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको थियो ।

पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विगत १० दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या देखिएको छ । ‘तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलामा सडक डिभिजनमार्फत ह्युमपाइप राखेर डाइभर्सन निर्माण आइतबारदेखि नै सुरु गरिएको छ, आजदेखि नै यो सडकमा साना सवारी सञ्चालन गर्ने प्रयासमा छौँ’, सडक डिभिजन कार्यालय इलामका डिभिजन प्रमुख भट्टराईले भने ।

ठूला तथा मालवाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ । तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारीका लागि कठिनाइ हुने अवस्था रहेको उनले बताइन।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit