काठमाडौं। विद्युत नियमन आयोगको रिक्त अध्यक्ष पदका लागि आवेदन दिने उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक भएको छ।
विद्युत नियमन आयोगको अध्यक्ष र सदस्य नियुक्ति सिफारिस समितिले मिति यही जेठ ७ गते सूचना प्रकाशन गरी आवेदन माग गरेबमोजिम दुवै पदका लागि निवर्तमान अध्यक्षदेखि प्राविधिक, इन्जिनियर, डाक्टर तथा पूर्व सचिवहरुले समेत दरखास्त पेश गरेका छन्।
अध्यक्ष पदका उम्मेदवारका लागि डा. रामप्रसाद धितालले पनि आवेदन दिएका छन् । उनी योगका निवर्तमान अध्यक्ष हुन् भने यसअघि अध्यादेशअनुसार धिताल पदमुक्त भएका थिए।
यसैगरी, जल तथा ऊर्जा आयोगका पूर्व सचिव मधुप्रसाद भेटवाल, इन्जिनियर एवं खानेपानी तथा महसुल निर्धारण आयोगका पूर्व अध्यक्ष रुद्र प्रसाद गौतम, इन्जिनियर, केशव अधिकारी, विद्युत नियमन आयोगका पूर्व सदस्य, रामेश्वर प्रसाद कलवार, सिँचाइ मन्त्रालयका पूर्व सहसचिव मोति बहादुर कुँवरले पनि आवेदन भरेका छन् । यस्तै, आयोगका निवर्तमान सदस्य डा. मधुसुधन अधिकारी र पुल्चोक क्याम्पसका प्राध्यापक डा. भोलानाथ शर्मा अधिकारी, नारायणप्रसाद सापकोटा, डा. शान्तिकला सुवेदीले अध्यक्ष पदका लागि दरखास्त दिएका छन् ।
आयोगको खुला सदस्य पदका लागि भने २२ जना उम्मेदवारहरू मैदानमा छन्, जसमध्ये नारायणप्रसाद सापकोटा र डा. शान्तिकला सुवेदीले दुवै पदमा दरखास्त दिएका हुन्। यसैगरी, डा. शेखर अर्याल, राजीव कुमार सिंह, ,निरज्वल बस्नेत, रुद्रप्रसाद सिटीला जयराज भण्डारी रहेका छन् । यसैगरी, ब्रजमोहन झा, सुरेश ब.भट्टराई धनकुटा, प्रकाश ज्ञवाली,लोकराज पाठक, रामप्रसाद गौतम, झमक प्रसाद शर्मा,विशाल सिलवाल, बलराम सिलवाल, राजिव दाहाल, विज्ञान श्रेष्ठ,दिवाक मल्लिक,अर्जुनकुमार गौतम, नरेन्द्र सिंह भण्डारी, कल्पमोहन सोती र कुशेश्वर प्रसाद साहुको आवेदन परेको आयोगले जनाएको छ।
ऊर्जा क्षेत्रलाई नियमन गर्ने देशकै महत्त्वपूर्ण निकाय भएकाले यस पटकको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ। सिफारिस समितिले दरखास्त दिने अन्तिम मिति बिहीबार (२१ जेठ) सम्म तोकेको थियो। प्राप्त विवरण अनुसार आयोगको अध्यक्ष पदका लागि १० जना र सदस्य पदमा २२ जना उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन्। सरकारले जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ बमोजिम साविकका पदाधिकारीहरू पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो।

















प्रतिक्रिया दिनुहोस्