Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

महानगर यातायातको सेवा विस्तार,थप ४० वटा बस सञ्चालनमा

महानगर यातायातको सेवा विस्तार,थप ४० वटा बस सञ्चालनमा
विज्ञापन
Advertisement

महानगर यातायातले प्रालिले सेवा विस्तार गर्दै बिहीबारबाट थप ४० वटा बस सञ्चालनमा ल्याएको छ। प्रतिष्ठित कम्पनी टाटाले २०करोडको लगानीमा ४० वटा बस संचालनमा ल्याएका हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी बिहीबारदेखि टाटाका थप ४० वटा बसहरु सञ्चालनमा ल्याइएको प्रालिका उपाध्यक्षसन्तोष खतिवडाले जानकारी दिए। उनका अनुसार नयाँ बस थपिएसँगै महानगरको बस ८९ पुगेको छ।

विज्ञापन
Advertisement
Advertisement

२०७२ सालमा काठमाडौंको चक्रपथमा एकै पटक गुड्ने गरी ३९ वटा ठूला सिटी बस सञ्चालनमा ल्याएको थियो। कम्पनीले सुरूआतमा १७ करोड लगानी भएको थियो ।

कम्पनीले आगामी दुई महिनाभित्रमा दश वटा विद्युतीय बस समेत सञ्चालनमा ल्याउने तयारी गरेको छ। कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालले आगामी दिनमा विद्युतीय सवारी साधन समेत थपेर ५० वटा विद्युतीय बस मात्र चलाउने योजना छ ।

‘हाल काठमाडौंको चक्रपथमा यात्रुहरुलाई सेवा दिदै आएको महानगर यातायातले टाटाका थप ४० वटा बसहरु आजैदेखि सचालनमा ल्याउँदैछ। नयाँ बस थपिएसँगै हाम्रा वसहरुको संख्या ८९ पुगेको छ,’ उनले भने, ‘सिप्रदी ट्रेडिङबाट नयाँ बसहरुको चावी लिँदै गर्दा थप जिम्मेवारीको महसुश गरेका छौं।’

नयाँ बसहरु संचालनमा आएसँगै महानगर यातायातले चक्रपथ बाहेकका अन्य गन्तब्य र रुटहरुमा पनि सेवा विस्तार गर्ने भएको छ।

आजैदेखि महानगर यातायातले काठमाडौंको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलीखेलसम्मका रुटमा यात्रुहरुलाई सेवा प्रदान गर्न सुरु गर्नेछ।

कम्पनीले छिट्टै महानगर यातायातलाई पब्लिक कम्पनी लिमिटेड कम्पनीमा रूपान्तरण गर्ने घोषणा गरेको छ। साथै प्रालिले अब छिट्टै विद्युतीय बस पनि ल्याउने तयारीमा छ । त्यो सफल भएमा थप बस संचालनमा ल्याउने तयारी महानगरको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit