इलाम । विश्व वातावरण दिवस २०२६ को अवसरमा कुमारी बैंक लिमिटेडले इलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
बैंकको फिक्कल शाखाले इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र ३०० वटा बिरुवा रोपेको हो।
यो कार्यक्रमले प्राकृतिक सन्तुलन, जैविक विविधता संरक्षण, र जलवायु परिवर्तन नियन्त्रणमा सहयोग पुर्याउने बैंकको विश्वास छ। साथै, हरियाली विस्तारसँगै पर्यटकीय क्षेत्र इलामको आकर्षण बढ्ने र दिगो पर्यटन विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
विगत २५ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले ‘समुदायका लागि कुमारी बैंक’ अवधारणा अन्तर्गत देशभरका २८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ।

















प्रतिक्रिया दिनुहोस्