Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनसेलका ग्राहकलाई अल्टिमाका ग्याजेट खरिदमा ६० प्रतिशतसम्म छुट

एनसेलका ग्राहकलाई अल्टिमाका ग्याजेट खरिदमा ६० प्रतिशतसम्म छुट
विज्ञापन
Advertisement

काठमाडौं । एनसेलका सबै ग्राहकहरूलाई अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरुको खरिदमा ६० प्रतिशतसम्म छुट हुने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यससम्बन्धी सम्झौता पत्रमा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ता र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित अग्रवालले आज हस्ताक्षर गरेका छन्। यो विशेष छुट योजनामा प्रिपेड जो, ९९ रुपैयाँ वा सोभन्दा माथिको सक्रिय डेटा, भ्वाइस वा कम्बो प्याक चलाइरहेका छन् र पोस्टपेडमा रेन्टल प्लान सक्रिय रहेका ग्राहकले लाभ लिन सक्नेछन्।

यदि कोही ग्राहक हाल यस योजनाका लागि योग्य छैनन् भने, उनीहरूले यो छुटको फाइदा उठाउन सक्ने छैनन्। आफ्नो प्याक वा रेन्टल प्लान सक्रिय रहेको अवधिभर ग्राहकले यो छुट पटक–पटक प्रयोग गर्न पाउने सुविधा दिइएको कम्पनीले जनाएको छ।

यो योजना एनसेल एप मार्फत मात्र सञ्चालन गरिएको छ। एनसेल एपभित्र रहेको ‘पार्टनर्ड सर्भिसेस’ मा गएर अल्टिमा लाइफस्टाइल छनोट गरी ग्राहकहरूले सामान किन्न सक्नेछन्। एपले ग्राहकको मोबाइल नम्बरका आधारमा स्वतः योग्यता जाँच गरी छुटसहितको मूल्य देखाउनेछ। यस योजनाअन्तर्गत ग्राहकहरूले अल्टिमा ब्रान्डका साउन्ड बार र स्पिकर, वायरलेस एअर बड,
स्मार्टवाच र पावर ब्याङ्क खरिद गर्दा छुट सुविधा पाउँछन् ।

साथै, खरिद गरिएका सामग्रीहरू अल्टिमा लाइफस्टाइलले नेपालभर डेलिभरी गर्ने व्यवस्था मिलाएको जनाएको छ। सम्झौताका बारेमा बोल्दै एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने, ‘हामी हाम्रा ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट प्रदान गर्ने योजना ल्याउन पाउँदा उत्साहित छौँ। अल्टिमा लाइफस्टाइलसँगको यो सहकार्यले हाम्रा ग्राहकहरूको डिजिटल जीवनशैलीलाई अझ समृद्ध बनाउन मद्दत पुग्नेछ।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit