Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मेयर कप स्वीमिङको उपाधि नेपाल पुलिस क्लबलाई

मेयर कप स्वीमिङको उपाधि नेपाल पुलिस क्लबलाई
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल पुलिस क्लब काठमाडौँ मेयर कप स्वीमिङ च्याम्पियनसिपको विजेता बनेको छ। ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा शनिबार र आइतबार सम्पन्न प्रतियोगितामा पुलिस क्लबले १,०३६ अंक जोड्दै उपाधि जितेको हो।

विज्ञापन
Advertisement
Advertisement

निसर्ग बाटिका स्कूल ७७८ अंकसहित फस्ट रनरअप तथा नेपाल एपीएफ क्लब ५७६ अंकसहित सेकेन्ड रनरअप बने। जेम्स स्कूल ४८९ अंकसहित चौथो र त्रिभुवन आर्मी क्लब २८१ अंकसहित पाँचौं स्थानमा रहे।

समापन समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विजेता पुलिस क्लबलाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिन्। फस्ट रनरअपलाई २५ हजार र सेकेन्ड रनरअपलाई १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

व्यक्तिगततर्फ एपीएफका जेडन श्रेष्ठ र नेपाल प्रहरीका इर्भिन श्रेष्ठ समान ३ हजार अंकसहित उत्कृष्ट पुरुष खेलाडी घोषित भए। नेपाल पुलिस क्लबकी देभान्सी जोशी ९ हजार २ अंकसहित उत्कृष्ट महिला खेलाडी बनिन्। उत्कृष्ट खेलाडीहरूलाई १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न विद्यालय तथा क्लबका खेलाडी सहभागी भएका थिए। ६ वर्षदेखि २५ वर्ष उमेर समूहका खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताका संयोजक उमेश प्रधानका अनुसार ५०, १००, २०० र ४०० मिटर दूरीमा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, ब्याकस्ट्रोक र बटरफ्लाइसहित ३७ विधामा खुला प्रतिस्पर्धा गराइएको थियो।

समापन कार्यक्रममा कार्यवाहक प्रमुख डंगोलले स्थानीय तहबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले महानगरपालिकाले खेल पूर्वाधार र प्रतियोगितात्मक खेलकुदमा लगानी बढाउँदै गएको बताइन्। नेपाल पौडी संघका पदाधिकारीहरूले पनि महानगरको खेल क्षेत्रमा गरिएको लगानीले देशका लागि सक्षम खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit