Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सार्वजनिक स्वास्थ्य र शिक्षामा योगदानका लागि शारडा तथा मुरारका परिवार सम्मानित

सार्वजनिक स्वास्थ्य र शिक्षामा योगदानका लागि शारडा तथा मुरारका परिवार सम्मानित
विज्ञापन
Advertisement

काठमाडाैं । सार्वजनिक स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा ऐतिहासिक योगदान पुर्‍याएको भन्दै लहान नगरपालिकाले शारडा तथा मुरारका परिवारलाई सम्मान गरेको छ। लहान नगरपालिकाद्वारा आयोजित १७औँ नगरसभाका अवसरमा आयोजित कार्यक्रममा दुवै परिवारको योगदानको उच्च कदर गर्दै सम्मान प्रदान गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

रामकुमार शारडा–उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल स्थापनाका लागि ऐतिहासिक रूपमा जग्गा दान गरेको योगदानको सम्मानस्वरूप शारडा ग्रुपका निर्देशक पवन शारडासहित दाता परिवारका सदस्यहरूलाई लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले दोसल्ला, खादा र सम्मानपत्र प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले गरिब, विपन्न तथा सीमान्तकृत नागरिकहरूले आफ्नै स्थानमा सुलभ स्वास्थ्य सेवा पाउन सकून् भन्ने उद्देश्यले करोडौँ मूल्य बराबरको जग्गा दान गर्नु असाधारण उदारता र उच्च सामाजिक उत्तरदायित्वको उदाहरण भएको बताए ।

स्वर्गीय रामकुमार शारडा र उमाप्रसाद मुरारकाको स्मृतिमा विसं २०३५ मा अस्पताल निर्माणका लागि १ बिघा १५ कट्ठा १० धुर क्षेत्रफलको जग्गा दान गरिएको थियो। उक्त अस्पताल भवन विसं २०३९ मा उद्घाटन गरिएको थियो। करिब ४७ वर्षपछि पूँजीगत लाभकर छुटसम्बन्धी मन्त्रिपरिषद्को निर्णयपछि उक्त जग्गा औपचारिक रूपमा अस्पतालको स्वामित्वमा आएको हो।

करिब १७ करोड ९९ लाख रुपैयाँ मूल्यांकन गरिएको उक्त जग्गा मधेश प्रदेश सरकारको नाममा हस्तान्तरण भएसँगै सार्वजनिक स्वास्थ्य सेवाका लागि स्थायी संस्थागत स्वामित्व सुनिश्चित भएको नगरपालिकाले जनाएको छ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै शारडा ग्रुपका निर्देशक पवन शारडाले यो सम्मान केवल आफ्नो परिवारको मात्र नभई सम्पूर्ण लहानवासीको सम्मान भएको बताए ।

‘हाम्रा अग्रजहरूले समाजसेवाबाट प्राप्त सन्तुष्टिलाई नै वास्तविक सम्पत्ति मानेका थिए । त्यही भावनालाई आत्मसात गर्दै स्वास्थ्य र शिक्षामार्फत पुस्तौँसम्म सेवा गर्न पाउँदा हाम्रो परिवार हार्दिक आभारी छ, उनले भने ।

शारडा ग्रुपले आफ्ना संस्थापकहरूको मूल्य, दर्शन र विरासतलाई आत्मसात गर्दै उत्तरदायी व्यवसाय, सामाजिक दायित्व र दिगो विकासमार्फत राष्ट्र निर्माणमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit