Advertisement
Advertisement
Corporate Samachar
२९ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

आइएमईको २६ औँ वार्षिकोत्सव पारेर नयाँ लोगो सार्वजनिक

आइएमईको २६ औँ वार्षिकोत्सव पारेर नयाँ लोगो सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली रेमिटेन्स सेवाको अग्रणी र पर्यायवाची संस्था ‘आइएमई लिमिटेड’ ले आफ्नो स्थापनाको २६ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहका बीच कम्पनीले आफ्नो २६ वर्षको गौरवमय यात्रा पूरा गरेको अवसरमा नयाँ लोगो समेत सार्वजनिक गरेको छ। नयाँ लोगोले आइएमईका विस्तारित वित्तीय सेवाहरूलाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आइएमई लिमिटेडका संस्थापक तथा अध्यक्ष हेम राज ढकालले वित्तीय समावेशिता र आर्थिक रूपान्तरणलाई मूल मन्त्र बनाउँदै आगामी दिनमा डिजिटल इनोभेसनमार्फत अझ परिष्कृत, सुरक्षित र छिटोछरितो एकीकृत वित्तीय सेवा प्रदान गर्न दृढ संकल्पित रहेको बताए ।

वैदेशिक रोजगारीका क्रममा भोगेका अनुभवबाट सुरु भएको एउटा सानो परिकल्पना आज समग्र वित्तीय तथा डिजिटल भुक्तानी प्रणालीको अभिन्न अंग बनेको उनले स्मरण गरे । आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङको विकाससँगै सेवा प्रवाहको स्वरूप परिवर्तन भइरहेको सन्दर्भमा अध्यक्ष ढकालले भने, ‘हामी आर्थिक रूपान्तरणसँग प्रविधिको विकासु लाई मूल उद्देश्य बनाउँदै नवीनतम प्रविधि आत्मसात् गरी रेमिटेन्स तथा अन्य वित्तीय सेवाहरूलाई अझ परिष्कृत र सुरक्षित बनाउन प्रतिबद्ध छौँ।’

त्यसैगरी, आइएमईका संस्थापक तथा ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले २६ वर्षको यात्रामा रेमिट भनेकै आइएमई र आइएमई भनेकै रेमिट भन्ने बलियो पहिचान स्थापित हुनु गर्वको विषय भएको बताए । यो पहिचानसँगै कम्पनीको जिम्मेवारी पनि बढेको उनको भनाइ थियो। अध्यक्ष ढकालले रेमिटेन्सलाई औपचारिक प्रणालीमार्फत भित्र्याउन, विदेशी मुद्रा सञ्चिति सुदृढ बनाउन तथा प्राप्त विप्रेषणलाई उत्पादनशील क्षेत्रमा प्रवाह गरी राष्ट्रिय अर्थतन्त्रलाई गतिशील बनाउन सरकारसँग निरन्तर सहकार्य रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले सहकार्य, प्राविधिक उत्कृष्टता, व्यावसायिक नैतिकता र साझा मूल्य–मान्यतालाई मुख्य कार्यदिशा बनाएर आइएमई अगाडि बढिरहेको स्पष्ट पारे । उनले प्रविधिको विकासलाई आत्मसात् गर्दै विविधीकृत सेवामार्फत आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिने प्रतिबद्धता जनाए ।

वार्षिकोत्सवको अवसरमा आयोजित अन्तर–कम्पनी खेलकुद तथा विभिन्न प्रतिस्पर्धाका विजेता र उपविजेताहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो। साथै, लामो समयदेखि कम्पनीमा आबद्ध रही उत्कृष्ट योगदान पुर्‍याउने कर्मचारीहरूलाई विशेष सम्मान समेत गरिएको थियो। उक्त समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपमा आबद्ध विभिन्न कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृतहरू र व्यवस्थापन प्रमुखहरूको उपस्थिति थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit