Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

७ प्रदेशलाई १ खर्ब ९ अर्ब रुपैयाँ बजेट, मधेस प्रदेशलाई सबैभन्दा धेरै विनियोजन

७ प्रदेशलाई १ खर्ब ९ अर्ब रुपैयाँ बजेट,  मधेस प्रदेशलाई सबैभन्दा धेरै विनियोजन
विज्ञापन
Advertisement

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढी रकम छुट्याइएको छ । विकास सूचकाङ्कमा पछाडि रहेका यी दुई प्रदेशले सङ्घीय अनुदान बढी पाएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

अन्तर सरकारी वित्तीय हस्तान्तरण (प्रदेश र स्थानीय तह) २०८३/८४ अनुसार आगामी आर्थिक वर्षका लागि चार खर्ब २४ अर्ब २७ करोड ७४ लाख रुपैयाँ विनियोजन भएको छ । जसमध्ये स्थानीय तहलाई तीन खर्ब १४ अर्ब ६३ करोड ३९ लाख रुपैयाँ र स्थानीय तहलाई एक खर्ब नौ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ बराबर हो । सङ्घ सरकारले प्रदेश र स्थानीय तहलाई समानीकरण, ससर्त, विशेष र समपूरक शीर्षकमा यो अनुदान दिएको हो ।

प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढी मधेस प्रदेशलाई १७ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ विनियोजन भएको छ । कर्णाली प्रदेशका लागि १७ अर्ब २० करोड ८२ लाख रुपैयाँ विनियोजन भएको छ । कोशी प्रदेशका लागि १६ अर्ब ४७ करोड १० लाख रुपैयाँ, बागमतीका लागि १५ अर्ब २१ करोड ४८ लाख रुपैयाँ, गण्डकीका लागि १२ अर्ब ७२ करोड ८५ लाख रुपेयाँ, लुम्बिनीका लागि १४ अर्ब ४१ करोड ७६ लाख रुपैया र सुदूरपश्चिमका लागि १६ अर्ब एक करोड ४७ लाख रुपैयाँ विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट प्रदेश र स्थानीय तहलाई जाने अन्तर सरकारी वित्तीय हस्तान्तरणको रकममध्ये समानीकरण अनुदान रु ६१ अर्ब ५० करोड ३२ लाख र सशर्त अनुदान रु ३९ अर्ब ७२ करोड ७४ लाख रहेको छ । विशेष अनुदानतर्फ रु तीन अर्ब ८२ करोड ११ लाख र समपूरक अनुदातर्फ रु चार अर्ब ६० करोड १८ लाख विनियोजन भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit