Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सकियो फिन इलेक्ट्रो–टेक, २५ हजारले गरे अवलोकन

सकियो फिन इलेक्ट्रो–टेक, २५ हजारले गरे अवलोकन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन भएको ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण सोमबार सम्पन्न भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

चार दिनसम्म सञ्चालन भएको प्रदर्शनी जेठ २२ गतेदेखि २५ गतेसम्म आयोजना गरिएको थियो। प्रदर्शनीको समापन अवसरमा नेपाल न्यूज बैंकसँग कुरा गर्दै महासङ्घका अध्यक्ष दिलीप कुमार अग्रवालले यस वर्षको प्रदर्शनीमा करिब २५ हजार अवलोकनकर्ताले सहभागिता जनाएको जानकारी दिए ।

उनले भने, ‘हामीले यो ‘फिन इलेक्ट्रो–टेक २०२६’ यही महिनाको जेठ २२ गतेदेखि २५ गतेसम्म सञ्चालन गरेका थियौं । आज अन्तिम दिनमा आइपुग्दा यो ‘फिन इलेक्ट्रो–टेक २०२६’ मा करिब करिब २५ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् ।’

उनका अनुसार यसपटक अवलोकनकर्ताको गणना सहज बनाउन क्यूआर कोड तथा डिजिटल प्रणालीमार्फत प्रवेश व्यवस्थापन गरिएको थियो । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएकाले अवलोकनकर्तालाई थप सहजता भएको उनले बताए। उनले भने, ‘हामीले यो पल्ट भिजिटरहरुको गणनाको सरलीकरणका लागि पनि सजिलो नेट र क्यूआर मार्फत हामीले इन्ट्री गराएका थियौं । इन्ट्री यो पटक निशुल्क रुपमा अगाडि बढाएका थियौं । त्यसले गर्दाखेरि पनि अवलोकनकर्ताहरुलाई धेरै सहज भएको जानकारी गराउन चाहन्छु ।’

अध्यक्ष अग्रवालले नेपालमा विद्युतीय सामग्रीको माग निरन्तर बढिरहेको उल्लेख गर्दै अधिकांश विद्युतीय सामग्री विदेशबाट आयात हुने गरेको बताए । साथै, पछिल्लो समय नेपालमै विद्युतीय सामग्री उत्पादन गर्ने उद्योगहरूको स्थापना र विस्तार पनि बढ्दै गएको उनको भनाइ थियो।

प्रदर्शनीमा विद्युतीय तथा इलेक्ट्रोनिक उपकरण, ऊर्जा प्रविधि, औद्योगिक समाधान तथा नवीनतम प्रविधिसम्बन्धी सामग्रीहरू प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit