Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बर्डफ्लु जोखिमपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

बर्डफ्लु जोखिमपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द
विज्ञापन
Advertisement

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार सूचना जारी गर्दै सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आजदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ।

कोषकी प्रवक्ता रचना शाहका अनुसार चिडियाखानाभित्र काग र परेवा मरेको अवस्थामा फेला परेपछि गरिएको परीक्षणमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको हो। उनले पशु चिकित्सक तथा सम्बन्धित विज्ञसँग परामर्श भइरहेको र अन्य वन्यजन्तुलाई सुरक्षित राख्न आवश्यक उपाय अपनाइएको जानकारी दिइन्।

उनका अनुसार चिडियाखाना कम्तीमा दुई सातासम्म बन्द रहनेछ। त्यसपछिको निर्णय भने विज्ञहरूको सुझाव र जोखिम मूल्याङ्कनका आधारमा गरिनेछ।

कोषले चिडियाखानाभित्र रहेका अन्य जीवजन्तुको स्वास्थ्य अवस्थामाथि निगरानी बढाइएको तथा सम्भावित सङ्क्रमण नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाइएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit