Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

एनआईसी एशिया बैंकद्वारा विद्यालय र पुनःस्थापना संस्थालाई सहयोग

एनआईसी एशिया बैंकद्वारा विद्यालय र पुनःस्थापना संस्थालाई सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । एन आई सी एशिया बैंकले दार्चुलास्थित श्री हुनैनाथ माध्यमिक विद्यालय बाँजलाई एक थान ल्यापटप तथा काठमाडौंस्थित मेरुदण्डिय पक्षघात समूह नेपाललाई आरओ वाटर प्युरिफायर उपलब्ध गराएको छ।

विज्ञापन
Advertisement
Advertisement

संस्थागत सामाजिक उत्तरदायित्व (सीआरएस) अन्तर्गत बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको पठनपाठनलाई प्रविधिमैत्री बनाउन ल्यापटप हस्तान्तरण गरेको हो ।

यस्तै, मेरुदण्ड (स्पाइनल कर्ड) मा चोटपटक भएका व्यक्तिहरूको पुनःस्थापनामा कार्यरत संस्थालाई स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्न आरओ वाटर प्युरिफायर जडान गरी हस्तान्तरण गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त सामग्री सम्बन्धित निकायका पदाधिकारीलाई यही असार ३ र असार ५ मा हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त सहयोगले विद्यार्थीहरूको अध्ययनमा सहजता पुग्नुका साथै लाभग्राहीहरूको स्वास्थ्य र सरसफाइमा सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit