Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

शिक्षकलाई एआईमा दक्ष बनाउन क्यान र हिसानको सहकार्य

शिक्षकलाई एआईमा दक्ष बनाउन क्यान र हिसानको सहकार्य
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युगअनुकूल बनाउने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौताअनुसार हिसान क्यान महासंघको ‘सस्टेनेबिलिटी पार्टनर’ का रूपमा आबद्ध भएको छ। साथै, दुवै संस्थाले संयुक्त रूपमा देशका सातै प्रदेशमा शिक्षक लक्षित कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी राष्ट्रव्यापी कार्यशाला सञ्चालन गर्नेछन्।

सहकार्यमार्फत शैक्षिक सुशासन र स्थानीय प्रविधि विकासबीचको दूरी घटाउने लक्ष्य राखिएको छ। विद्यार्थीलाई प्रविधिको सामान्य प्रयोगकर्ताभन्दा आविष्कारक र सिर्जनाकर्ता बनाउन शिक्षकलाई नै प्रविधिमैत्री र एआईमा दक्ष बनाउनु आवश्यक रहेको दुवै संस्थाको निष्कर्ष छ।

समझदारी पत्रमा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रममा क्यान महासंघका महासचिव चन्द्र बिलास भुर्तेल, कोषाध्यक्ष विक्रम सिंह, हिसानका महासचिव रामहरि सिलवाल तथा हिसान बागमती प्रदेशका अध्यक्ष राजकुमार आचार्यको उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit