काठमाडौं । नेपालको शैक्षिक क्षेत्रलाई डिजिटल युगअनुकूल बनाउने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार हिसान क्यान महासंघको ‘सस्टेनेबिलिटी पार्टनर’ का रूपमा आबद्ध भएको छ। साथै, दुवै संस्थाले संयुक्त रूपमा देशका सातै प्रदेशमा शिक्षक लक्षित कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी राष्ट्रव्यापी कार्यशाला सञ्चालन गर्नेछन्।
सहकार्यमार्फत शैक्षिक सुशासन र स्थानीय प्रविधि विकासबीचको दूरी घटाउने लक्ष्य राखिएको छ। विद्यार्थीलाई प्रविधिको सामान्य प्रयोगकर्ताभन्दा आविष्कारक र सिर्जनाकर्ता बनाउन शिक्षकलाई नै प्रविधिमैत्री र एआईमा दक्ष बनाउनु आवश्यक रहेको दुवै संस्थाको निष्कर्ष छ।
समझदारी पत्रमा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी र हिसानका केन्द्रीय अध्यक्ष युवराज शर्माले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर कार्यक्रममा क्यान महासंघका महासचिव चन्द्र बिलास भुर्तेल, कोषाध्यक्ष विक्रम सिंह, हिसानका महासचिव रामहरि सिलवाल तथा हिसान बागमती प्रदेशका अध्यक्ष राजकुमार आचार्यको उपस्थिति रहेको थियो।















प्रतिक्रिया दिनुहोस्