Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निक्षेप तथा सुरक्षण कोषको एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी गोष्ठी तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

निक्षेप तथा सुरक्षण कोषको एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी गोष्ठी तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न
विज्ञापन
Advertisement

धनगढी । निक्षेप तथा सुरक्षण कोषले एकदिने कर्जा तथा पशुधन सुरक्षणसम्बन्धी अन्तरक्रियात्मक गोष्ठी कार्यक्रम सञ्चालन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त कार्यक्रम जेठ १४ गते धनगढीको होटल फ्लोरामा(पौवा होटल) सञ्चालन गरिएको हो । कोषका प्रवन्धक श्री मन्दिरा थपलियाको सभापतित्वमा सुदुरपश्चिम प्रदेश स्वोरोजगार विकास कोषका उप कार्यकारी निर्देशक पविन्द्र शाहीको प्रमुख आथित्यमा होटल फ्लोरामा(पौवा होटल) आयोजित यो कार्यक्रममा सुदुरपश्चिम प्रदेशका वित्तीय संस्थाका प्रदेश प्रमुख, बैक तथा वित्तीय संस्थाका शाखा प्रमुख तथा विभिन्न बैंक तथा वित्तीय संस्था र कोषकाका प्रतिनिधि र स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कोषको केन्द्रीय कार्यालयका कर्जा सुरक्षण विभागका विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलियाले कर्जा सुरक्षण सम्बन्धमा तथा सुुदुरपश्चिम प्रदेश धनगढीका शाखा प्रमुख श्री रामचन्द्र पराजुलीले पशुधन सुरक्षण सम्वन्धी प्रस्तुतीकरण दिएका थिए ।

साथै,प्रबन्धक मन्दिरा थपलियालेले कोषले सञ्चालन गरिरहेका कार्यक्रमहरुको सम्बन्धमा सहभागीहरुले गरेका विभिन्न जिज्ञाशाहरुको जवाफ दिएका थिए । यस कार्यक्रमले पशुधन सुरक्षण कार्यक्रमलाई सरल र सहज बनाउँदै पशुपालन क्षेत्रको जोखिमलाई कम गर्न र कर्जा सुरक्षण कार्यक्रमले सदस्य संस्थालाई तरलता व्यवस्थापन गर्न कोष सदैव तत्पर रहेको बताए ।

सुरक्षित कर्जाको दावी प्रकृया क्षतिपूर्ति दावी भूक्तानी सरल र सहजीकरण गर्न क्षतिपूर्ति दावी भूक्तानी विनियमावली बनेपछि सहज भएको सहभागीले वताए । कोषका तर्फबाट सुदुरपश्चिम प्रदेशमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थालाई पुशपालन क्षेत्रमा कर्जा लगानी वृद्धि गर्न र पुशपालक ऋणीले खरिद गरेको पुशधनको कोषमा सुरक्षण गराउन आग्रह समेत गरे ।

सुदुरपश्चिम प्रदेश स्वोरोजगार विकास कोषका उप कार्यकारी निर्देशक पविन्द्र शाहीले सुदुरपश्चिम प्रदेशका युवा उद्यमीलाई विभिन्न ९९वटा सहकारी मार्फत लगानी गरी उद्धमशीलतामा प्रेरित गरेको हाल प्रदेश सरकारले यस प्रदेश भित्रका स्वोरोजगारमा संलग्न हुन ईच्छुक युवालाई रोजगारी सृजना गर्न तथा आय आर्जन बृद्धि गर्ने योजनालाई निक्षेप तथा कर्जा सुरक्षण कोष, सुदुरपश्चिम प्रदेश स्वोरोजगार विकास कोष र बैक तथा वित्तीय संस्थाको सहकार्य र समन्वय आवश्यक रहेको वताए ।

गोष्ठी तथा अन्तरकृया कार्यक्रमको सञ्चालन कोषका धनगढी शाखा प्रमुख रामचन्द्र पराजुलीले सञ्चालन गरे

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit