काठमाडौं । लक्ष्मी लुब आयल प्राभेट लिमिटेडले देशव्यापी रूपमा ‘ग्यारेज चौतारी’ अभियान सञ्चालन गरिरहेको छ। समयको परिवर्तनसँगै बाटो र सवारीसाधन बदलिए पनि मानिसहरूलाई एकापसमा जोड्ने चौतारीको भावनालाई जीवित राख्न कम्पनीले यो नवप्रवर्तनात्मक अभियान अघि बढाएको जनाएको हो।
नेपालको परम्परागत पीपल चौतारीले जसरी समुदायलाई जोड्ने, अनुभव साटासाट गर्ने र सम्बन्धलाई बलियो बनाउने काम गर्थ्यो, त्यसैको आधुनिक स्वरूपका रूपमा ‘ग्यारेज चौतारी’ अभियान सुरु गरिएको कम्पनीको भनाइ छ। यस अभियानमार्फत देशभरका ग्यारेज व्यवसायी, मिस्त्री (मेकानिक) तथा मोटरगाडी (अटोमोबाइल) क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई एउटै चौतारीमा जोड्दै अनुभव, ज्ञान तथा व्यावसायिक अवसरहरूबारे छलफल गर्ने वातावरण सिर्जना गरिएको छ।
अभियान अन्तर्गत जेठ महिनामा जनकपुरको ओम अटो पार्ट, बुटवलको विजय अटो वर्कशप, टिकापुरको सेती मोटरसाइकल वर्कशप, पोखराको निहाल अटो इन्जिनियरिङ तथा थ्री ब्रदर्स अटो इन्जिनियरिङ वर्कशप, काठमाडौंको प्रकाश न्यू जेनेरेसनमा कार्यक्रम सम्पन्न भैसकेको छ।
यसैगरी, असार महिनामा पनि पोखरा–८ नयाँबजारस्थित क्रिस्टिना एश अटो पार्ट्स, नुवाकोटको पञ्चकन्या स्पेयर पार्ट्स, काठमाडौं पुतलीसडकको पीएम अटो मोबाइल्स र पोखरा अमरसिंह चोकस्थित एड्भान्स अटो वर्कसपमा कार्यक्रम आयोजना भइसकेका कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, हालसम्म नेपालका विभिन्न स्थानहरूमा १० भन्दा बढी ‘ग्यारेज चौतारी’ कार्यक्रम सम्पन्न भइसकेका छन्। यी कार्यक्रमहरूमा ग्यारेज सञ्चालक तथा प्राविधिकहरूसँग प्रत्यक्ष कुराकानी, प्राविधिक जानकारी आदान–प्रदान, व्यावसायिक अनुभव साझेदारी तथा आपसी सम्बन्ध विस्तारका गतिविधिहरू सञ्चालन हुँदै आएका छन्।
लक्ष्मी लुब आयलले यसलाई केवल एउटा औपचारिक कार्यक्रममा मात्र सीमित नराखी देशभरका मोटरगाडी व्यवसायीलाई जोड्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाएको जनाएको छ। आगामी दिनमा नेपालका हरेक सहर, गाउँ तथा टोलसम्म ‘ग्यारेज चौतारी’ पुर्याउने कम्पनीको लक्ष्य छ। वर्षभर सञ्चालन हुने यस अभियानमार्फत नेपालको ग्यारेज समुदायसँग अझ नजिकिँदै चौतारीको आत्मीय संस्कृतिलाई आधुनिक मोटरगाडी क्षेत्रमा जीवित राख्ने प्रयास गरिएको कम्पनीको भनाइ छ।
लक्ष्मी लुब आयल प्रालि नेपालमा टोटलइनर्जीज लुब्रिकेन्ट्सको आधिकारिक वितरक हो। विश्वस्तरीय लुब्रिकेन्ट तथा उत्कृष्ट सेवामार्फत मोटरगाडी, औद्योगिक, कृषि तथा व्यावसायिक क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको यस कम्पनीले यस्ता समुदाय-केन्द्रित अभियानमार्फत देशभरका ग्यारेज व्यवसायी तथा मिस्त्रीहरूसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लगेको जनाएको छ।















प्रतिक्रिया दिनुहोस्