Advertisement
Advertisement
Corporate Samachar
१५ असार २०८३, सोमबार
Advertisement

ग्रेस फर्मास्युटिकल्सको लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन

ग्रेस फर्मास्युटिकल्सको लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन
विज्ञापन
Advertisement

सिद्धार्थनगर (भैरहवा) । औषधि व्यवस्था विभागले रुपन्देहीस्थित ग्रेस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित लिनारेस एम ८५० ट्याब्लेट गुणस्तरहीन रहेको पुष्टि गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

विभागले औषधिको बिक्री–वितरण रोक्न तथा बजारबाट सो औषधि फिर्ता गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ ।

बजार अनुगमनका क्रममा सङ्कलन गरिएको नमूनालाई राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ब्याच नम्बर टीएलएमएस–००६ को उक्त औषधि निर्धारित गुणस्तर मापदण्ड अनुसार नभए पछि बिक्री वितरणमा रोक लगाइएको हो ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम विभागले सो ब्याच नम्बरको औषधिको बिक्री–वितरण तत्काल रोक्का गरी बजारबाट फिर्ता गर्न सम्बन्धित उद्योगलाई निर्देशन दिएको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit