images images images
images images images
images
images
images

सुनको मूल्य हालसम्मकै महँगो, प्रतितोला २ लाख ५९ हजार रुपैयाँ नजिक

images

काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको भाउले हालसम्मकै महँगो मूल्यको रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुनको मूल्य तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ ।

अघिल्लो कारोबार दिन (शुक्रबार) सुन प्रतितोला ३५ सय रुपैयाँले बढेर ५६ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो । शुक्रबारको तुलनामा आज सुन प्रतितोला २२ सय रुपैयाँले महँगिएको हो । यो सँगै सुनको मूल्यले यसअघिको उच्च मूल्यको रेकर्ड तोडेर नयाँ कीर्तिमान बनाएको छ । गत असोज ३१ गते सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड कायम भएको थियो ।

images
images

यसैगरी, महासंघले चाँदीको मूल्य आज प्रतितोला ३८ सय २५ रुपैयाँ निर्धारण गरेको जनाएको छ । शुक्रबार एक तोला चाँदी ३ हजार ९ सय ५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

images
images

प्रतिक्रिया दिनुहोस्