काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा नेकपा एमालेको सांसद राजेन्द्र कुमार राई र सभामुख डोलप्रसाद अर्याल बीच संसदीय मर्यादा र अभिव्यक्तिलाई लिएर विवाद उत्पन्न भएको छ।
बैठकमा आफ्नो धारणा राख्न उभिएका राजेन्द्र कुमार राईले बोल्न सुरुगर्नासाथ सभामुखलाई सम्बोधन गर्दै, सभामुखलाई एउटा निवेदन गर्नु पर्यो, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?’ भन्ने अभिव्यक्ति दिएका थिए।
सांसद राईको उक्त अभिव्यक्तिप्रति तत्काल आपत्ति जनाउँदै सभामुख डोलप्रसाद अर्यालले उनलाई मर्यादित भाषामा आफ्नो भनाइ राख्न निर्देशन दिएका थिए। सभामुख अर्यालले ‘माननीय सदस्य, आफ्नो भनाइ मर्यादामा बसेर राख्नु होला। म तपाईंलाई यसभन्दा अगाडि बढ्न निर्देशन दिँदिनँ। समय दिइँदैन, बस्नुस्,’ भन्दै सांसद राईलाई रोक लगाएका थिए।
सभामुखले सांसद राईको अभिव्यक्तिले सभा र सभाध्यक्षको मर्यादा तथा सम्मानमा असर पुग्ने भन्दै संसदीय मर्यादा कायम राख्न सबै सदस्यलाई आग्रह समेत गरेका थिए। त्यसपछि सभामुखले सांसद राईलाई आफ्नो भनाइ फिर्ता लिन आग्रह गरे, तर राईले पुनः आफ्नो भनाई अघि बढाउन खोजेपछि सभामुखले १५ मिनेटका लागि बैठक रोकेका छन् ।















प्रतिक्रिया दिनुहोस्