काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ ।
देउवालाई भेट्न ओली आज दिउँसो राधिका शाक्यसहित महाराजगञ्जस्थित उनको निवास पुगेका थिए । जेनजी आन्दोलनपछि पहिलो पटक दुई ठुला दलका प्रमुखहरूको भेटवार्ता भएको हो ।
भेटवार्तामा देउवा ओलीसँगै आरजु राणा देउवा र ओली पत्नी राधिका शाक्य पनि सहभागी रहेको ओलीको सचिवालयले जनाएको छ ।

















प्रतिक्रिया दिनुहोस्