Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

सांसद राजेन्द्र राईको अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सांसद राजेन्द्र राईको अभिव्यक्तिपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बुधबार बसेको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईको अभिव्यक्तिपछि विवाद उत्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै प्रश्न गरेका थिए।

सांसद राईको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे। उनले सभा र सभाध्यक्षको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्ना भनाइ मर्यादाभित्र रहेर राख्न भने।सभामुखले सांसद राईलाई भाषा सुधार गरेर बोल्न समय दिएका थिए। तर, पुनः बोल्ने क्रममा राईले सभामुखले आफूले राख्न खोजेको कुरा नसुनेर अपहेलना हुने गरी धारणा राखेको भन्दै आपत्ति जनाए। उनले ‘पाँच वर्ष तपाईंले संसद् चलाउन सक्नुहुन्न’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए। त्यसपछि सभामुखले बैठक स्थगित गरेका हुन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit