Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन

उच्च मनोबलका साथ काममा खटिन गृहमन्त्रीको निर्देशन
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । उनले आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै उक्त निर्देशन दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

त्यस्तै उनले सबै स्टेकहोल्डरहरुको कुरा आएपछि ट्राफिक प्रहरी कार्यालयमा पुननिर्माणको काम अगाडि बढाउने पनि जानकारी दिए । कार्यालयहरुको पुर्नसंरचनासँगै प्रहरीको आचरणमा पनि सुधार आउने उनको भनाइ छ । गृहमन्त्री अर्यालले भने,‘जतिसुकै कठिन अवस्था भएपनि हामीले व्यहोर्नै पर्छ । त्यसैले अब केही कुरामा धैर्यता राख्नुपनि पर्छ । हामी सबैको उद्देश्य र भावना एउटै छ । देशलाई नष्ट पार्ने काम चाँही कसैले पनि गर्न हुँदैन् । अब भौतिक संरचनाको पुर्ननिर्माण मात्र नभएर हाम्रो आचरण पद्दतीको पनि पुनःनिर्माण हुन सक्छ । यसमा सबै स्टेकहोल्डरहरुको कुरा आएपछि काम अगाडि बढाउँछौं ।’

सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्की, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराए ।

सो अवसरमा गृहमन्त्री अर्यालले ट्राफिक प्रहरीका भवन निर्माणलगायतमा सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । यही भदौ २३ र २४ गते भएको ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक पोसाक र साधनसमेत जलेर नष्ट भएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit