Advertisement
Advertisement
Corporate Samachar
१३ श्रावण २०८३, बुधबार
Advertisement
Advertisement

दिवाकर गोल्छाको ७२औं जन्मजयन्ती तथा संस्थापक दिवस सामाजिक सेवाका कार्यक्रमसहित मनाइयो

दिवाकर गोल्छाको ७२औं जन्मजयन्ती तथा संस्थापक दिवस सामाजिक सेवाका कार्यक्रमसहित मनाइयो
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको औद्योगिकीकरण र उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका स्वर्गीय उद्योगपति दिवाकर गोल्छाको ७२औँ जन्मजयन्ती तथा संस्थापक दिवस विभिन्न सामाजिक कार्यक्रम आयोजना गरी मनाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

प्रबल गोरखा दक्षिणबाहुबाट सम्मानित स्वर्गीय गोल्छाको दूरदर्शी नेतृत्व, स्वदेशमै उद्योग स्थापना गर्ने अभियान, रोजगारी सिर्जना तथा राष्ट्र निर्माणमा पुर्‍याएको योगदानको स्मरण गर्दै हुलास स्टिल इन्ड्रष्टिज लिमिटेडले हरेक वर्ष संस्थापक दिवस मनाउँदै आएको जनाएको छ ।

यस वर्षको संस्थापक दिवसका अवसरमा उद्योगको कारखाना परिसर, काठमाडौंस्थित कर्पोरेट कार्यालय तथा विभिन्न शाखा कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, उत्कृष्ट कर्मचारी सम्मान, वृक्षारोपण, विद्यालय तथा वृद्धाश्रममा भोजन वितरणलगायतका कार्यक्रम सम्पन्न गरिएको छ।साथै कीर्तिपुर अस्पताललाई डायलाइसिस उपकरणसमेत हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

स्वर्गीय दिवाकर गोल्छाले अघि सारेको औद्योगिकीकरणमार्फत देशलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लक्ष्यलाई निरन्तरता दिँदै गोल्छा समूहले विभिन्न क्षेत्रमा उद्योग सञ्चालन गर्दै आएको जनाएको छ ।

समूहअन्तर्गत जस्तापाता तथा पाइप,जुट, चिनी, खाद्यान्न, एल्युमिनियम,स्टिल युटेन्सिल,जीआई सामग्री, कपर वायर तथा इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा छन् । ती उद्योगमार्फत करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको कम्पनीको दाबी छ ।

नेपालको पहिलो स्टिल उद्योगका रूपमा स्थापित हुलास स्टील इन्डस्ट्रिज लिमिटेडले ४५ वर्षको यात्रा पूरा गर्दै आएको छ । कम्पनीका अनुसार स्वदेशमै गुणस्तरीय जस्तापाता उत्पादन गर्दै आएको यस उद्योगले राष्ट्रिय अर्थतन्त्र, औद्योगिक विकास र रोजगारी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

यसैगरी, दिवाकर गाेल्छा फाउन्डेसन मार्फत विभिन्न संघसंस्था तथा सामाजिक क्षेत्रमा आर्थिक सहयोग र सेवामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन हुँदै आएको कम्पनीले जनाएको छ ।

स्वर्गीय गोल्छाको उद्योग, रोजगारी र सामाजिक सेवाप्रतिको दृष्टिकोणलाई आगामी दिनमा पनि निरन्तरता दिँदै औद्योगिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit