Advertisement
Advertisement
Corporate Samachar
९ भाद्र २०८३, मंगलवार
Advertisement
Advertisement

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलको माग बढ्यो, बल्क डेलिभरी सुरु

नेपाली बजारमा मोर्बिडेली मोटरसाइकलको माग बढ्यो, बल्क डेलिभरी सुरु
विज्ञापन
Advertisement

काठमाडौं । इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड मोर्बिडेलीले नेपाली बजारमा बढ्दो ग्राहक आकर्षण र मागबीच आफ्ना मोटरसाइकलको पहिलो चरणको बल्क डेलिभरी सुरु गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नेपालका लागि आधिकारिक वितरकले ग्राहकबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो मागलाई मध्यनजर गर्दै बल्क डेलिभरी सुरु गरिएको जनाएको छ। कम्पनीका अनुसार छोटो समयमै मोर्बिडेलीले प्रिमियम मोटरसाइकल बजारमा छुट्टै पहिचान बनाउन सफल भएको छ।

कम्पनीले ग्राहकहरूले मोर्बिडेलीको आकर्षक डिजाइन, शक्तिशाली इन्जिन, आधुनिक सुरक्षा प्रविधि तथा आरामदायी राइडिङ अनुभवको प्रशंसा गरिरहेको जनाएको छ। यसले नेपाली बजारमा ब्रान्डप्रतिको विश्वास थप मजबुत बनेको कम्पनीको दाबी छ।

यसैबीच, मोर्बिडेली नेपालले आगामी एनएआईएमए अटो शो २०२६ मा बहुप्रतीक्षित मोर्बिडेली टी–२५० एक्स सार्वजनिक गर्ने तयारी गरेको छ। साहसिक तथा लामो दूरीको यात्रा रुचाउने मोटरसाइकल पारखीलाई लक्षित गरी ल्याइने यो मोडलले आधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च प्रदर्शनमार्फत नेपाली बजारमा नयाँ उत्साह थप्ने कम्पनीको अपेक्षा छ।

मोर्बिडेली नेपालले आगामी दिनमा पनि विश्वस्तरीय उत्पादन, गुणस्तरीय बिक्रीपछिको सेवा र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्दै नेपाली मोटरसाइकल बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit