काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको भदौ १ गते (सोमबार) बसेको ३९७औँ सञ्चालक समिति बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । बैंकले चुक्तापुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँ ५३ पैसाको आधारमा लाभांश वितरण गर्न लागेको हो। प्रस्तावित लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश रहेको छ ।
४ प्रतिशत बोनस शेयरबापत बैंकले १४ करोड ९३ लाख ६२ हजार ७४० रुपैयाँ बराबरको शेयर वितरण गर्नेछ । त्यस्तै, ६.५२६३ प्रतिशत नगद लाभांशका लागि २४ करोड ३६ लाख ९७ हजार १०२ रुपैयाँ छुट्याएको जनाएको छ । बैंकका अनुसार नगद लाभांशमा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ । बोनस शेयर र नगद लाभांश गरी बैंकले कुल ३९ करोड ३० लाख ५९ हजार ८४२ रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरलगानीकर्ताले पाउनेछन् ।
















प्रतिक्रिया दिनुहोस्