Advertisement
Advertisement
Corporate Samachar
३० जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न

शिखर इन्स्योरेन्सको आयोजनामा सर्भेयर सेमिनार सम्पन्न
विज्ञापन
Advertisement

काठमाडौं । बीमा दाबी प्रक्रियालाई सरल, छिटो र प्रभावकारी बनाउँदै सर्भेयरको भुमिकालाई अझ स्वतन्त्र, निस्पक्ष तथा प्रभावशाली बनाउने उद्देश्यका साथ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो सर्भेयर सेमिनार सम्पन्न गरेको छ। Capacity Enhancement for Professional Excellence in Claim Management  शीर्षकमा आयोजित उक्त कार्यक्रममा पाँचवटा कार्यपत्र प्रस्तुत गरिएका थिए।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीका महाप्रबन्धक उदित प्रसाद काफ्लेले शिखर इन्स्योरेन्सको तर्फबाट कार्यपत्र प्रस्तुत गर्दा सर्भेयर बिकास महर्जनले २०८१ सालको बाढीबाट आएका बीमा दाबीका सन्दर्भमा, प्रेमलाल तामाङले विद्युतीय सवारी साधनसम्बन्धी दाबीमा, हिमालयन रिइन्स्योरेन्सका कार्यकारी निर्देशक सिसिर गैरेले वातावरणीय जोखिममा र नेपाल बीमा प्राधिकरणका निर्देशक शम्भुराज लामिछानेले सर्भेयरको भुमिकामा आधारित कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि गहन छलफल भएको थियो। काठमाडौँस्थित एक होटलमा आयोजित कार्यक्रममा ११० जना सर्भेयर, बिभिन्न क्षेत्रका विज्ञ र कम्पनीका कर्मचारीसहित १९० जना सहभागी भएका थिए। बिहान ९ बजे सुरु भएको कार्यक्रम दिनभर चल्यो।

कार्यक्रमको समापन समारोह शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवालको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, विशिष्ट अतिथि प्रा.डा. फत्तबहादुर केसी तथा अतिथि नेपाल बीमक संघका अध्यक्ष बिरेन्द्र बैदावार श्रेत्रि रहेका थिए। समापन समारोहमा आ।व। २०८०\०८१ मा उत्कृष्ट सेवा पुर्‍याएका सर्भेयर शेरबहादुर बुडा, लोचन केन्द्र देवकोटा, रविन शर्मा र अमिर खनाललाई सम्मान गरिएको थियो।

अध्यक्ष शरद ओझाले यस्ता कार्यक्रमहरूले सर्भेयरको दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै, सम्मानित सर्भेयरहरूलाई बधाई दिँदै भविष्यमा पनि समयसीमा भित्र कार्य सम्पन्न गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit