images images images
images images images
images
images
images

राष्ट्रिय वाणिज्य बैंकले बुढिगण्डकी हाईड्रोपावरमा लगानी गर्ने

images

काठमाडौँ । गोरखा जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४.६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लगानी गर्ने गरी ऋण सम्झौता भएको छ ।

उक्त आयोजनामा लगानी सम्बन्धी सम्झौतामा बिहिवार बुढीगण्डकी हाइड्रोपावर प्रालिको तर्फबाट अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गरेका हुन् । कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुनेछ ।

images
images

प्रवर्दक कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ भने बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपूँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ । वर्षामा १८६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।

कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र बिनोद थापासहितको अनुभवी समूहले आयोजना निर्माण गर्न लागेका हुन् । यो समूहले यसअघि सोही क्षेत्रमा नै तोकिएको अवधिभन्दा ६ महिना अघि ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याईसकेको छ साथै कम्पनिको प्राथमिक शेयर निष्काशन (आईपीओ) ६ महिनाभित्रमा जारी हुने प्रक्रियामा समेत रहेको छ ।

हाईड्रोपावरमा अनुभव बटुलिसकेका यो समूहले यस बुढीगण्डकी हाईड्रोपावर आगामी १८ महिना भित्र सञ्चालनमा ल्याउने जनाएको छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद बिक्री सम्बन्धी सम्झौता (पीपीए) भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ ।

आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब–स्टेसनमा जोडिने छ । आयोजनाले अबको ६ महिनामा नै कम्पनीलाई पव्लिक लिमिटेड गरी प्राथमिक शेयर (आईपीओ) मा गई छिट्टै सर्वसाधारणको लागि शेयर जारी गर्ने तयारी समेत गरेको जनाइएको छ ।

यसअघि निर्माण सम्पन्न गरि सफलतापुर्वक विकास हाईड्रोलाई राष्ट्रिय प्रशारण लाईनमा जोड्न सफल भएको टिम र टिममा अध्यक्ष रहेका एनआरएनए आईसिसी उपाध्यक्ष खगेन्द्र न्यौपानेको टिमले सफल हाईड्रो डेप्लपर्सको रूपमा समेत ख्याति कमाईसकेका छन । आयोजनालाई सफलतापुर्वक सम्पन्न गर्न र यसै वर्ष शुरू गर्ने गरी थप २४ मेगावाट क्षमताको साङ्ग्रीला हाईड्रोपावर बनाउने कम्पनीले जनाएको हाइड्रोपावारका प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरेले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । कार्यक्रममा रास्ट्रीय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले यो टिमले बिकास हाइड्रोपावर समयमै निर्माण गरेर मन जितेकाले आफुहरुले अर्को प्रोजेक्टमा पनि लगानी गरेको बताए ।

बिकास हाईड्रोको सफलतापछि बुढिगण्डकी हाईड्रोपावर र साङ्ग्रीला हाईड्रोपावर शुरु गरेको यो टिमले समयमानै हाईड्रो सम्पन्न गर्ने बताएको छ । गोरखा जिल्लाको धार्चे गाउपालिकामा निर्माण शुरु गरिएको यस आयोजनाको नेतृत्व गैर आवासीय नेपाली संघ एनआरएनए आईसिसिका उपाध्यक्ष एवं सफल ब्यवसायी खगेन्द्र न्यौपानेले गरेका छन । यही टिमले यस अघि सोहि क्षेत्रमा विकास हाईड्रो पावरको विद्युत प्राधिकरणले दिएको समयभन्दा पहिला नै सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

विकास हाईड्रो पावरलाई सफलतापूर्वक सम्पन्न गरेपछि देश विकासमा योगदान गर्न सुपर माछाखोला जलविधुत आयोजना ४.६ मेघावाट र साङ्ग्रीला हाईड्रोपावर २४ मेघावाट सुरु गरेको अध्यक्ष खगेन्द्र न्यौपानेले बताए । मलेसियाका व्यवसाय गरिरहेका न्यौपानेले देश विकासको महत्वपुर्ण आधार जलस्रोत,जंगल र जमिन भएको उल्लेख गर्दै गैरआवासीय नेपालीले विकासमा हातेमालो गर्ने बताए । यस्तै अर्का संचालक कृष्ण घिमिरेले विकास हाईड्रोलाई जस्तै अन्य प्रोजेक्टलाई माया गरिदिन आग्रह गरे । घिमिरेले आफूहरुले छिट्टै थप अन्य हाईड्रो पनि निर्माण गर्ने बताए ।

 

images
images

प्रतिक्रिया दिनुहोस्