काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअप सञ्चालकसँग छलफल गर्ने भएका छन् ।
बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने उनको निजी सचिवालयले जनाएको छ।
छलफलमा विशेषगरी सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा उद्यमीहरूले गरेका प्रयास एवं सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा अर्थमन्त्रीले सरकारको धारणा स्पष्ट पार्ने बताइएको छ ।
साथै, सूचना प्रविधि क्षेत्रका युवा उद्यमीहरूले देखेका सम्भावना र सरकारले गर्नुपर्ने व्यावहारिक एवं नीतिगत सहजीकरणका सन्दर्भमा अर्थमन्त्रीले छलफल गरी सहभागिसँग लिखित धारणा माग्ने जनाइएको छ।
















प्रतिक्रिया दिनुहोस्